जमिन्दारी प्रथाको उन्मुलन गर्दै सहकारी
भैरहवा, २८ पुस । ग्रमीण भेगमा संचालीत सहकारी संस्थाले जमिन्दारी प्रथाको उन्मुलनमा ठुलो टेवा पुर्याएको एक कार्यक्रमका सहभागीले जनाएक छन् ।
गौमुखी बचत तथा क्रृण सहकारी संस्था लिमिटेड बसन्तपुर १ रुपन्देहीको प्रथम अधिवेसन एवं तेस्रो साधरण सभाका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सहकारीको तेस्रो साधारण सभा तथा प्रथम अधिवेसनको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यलय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दीपक न्यौपानेले अहिलेका सहकारीहरु जनताका साथि भएको बताउ“दै, घरगाऊमा खुलेका सहकारीले स्थानिय सुरक्षामा पनि संस्थागत रुपमा टेवा पुराएको बताए । प्रहरी नायब उपरिक्षक न्यौपानले गाऊका सोझा साझा गरिब जनतालाई चर्को ब्याजमा क्रृण लिनुपर्ने बाध्यताबाट सहकारीले उन्मुक्ति दिएको उनको भनाई थियो ।
कार्यक्रममा अधिवक्ता जगत बहादुर रायमाझीले सहकारी मार्फत जनताको आर्थिक स्तरोन्नतीमा पनि सहयोग पुगेको बताए । सो सहकारीका अध्यक्ष सन्तप्रसाद यादवले बसन्तपुर रुपन्देही सदरमुकाम भैरहवाबाट नजिक भएतापनि पछाडी परिरहेको धाराणा राख्दै विपन्न गरिब र पीछडिएका जनताको साथी संस्थाको रुपमा गौमुखी सहकारीलाई अगाडी बढाइरहेको बताए । राजनितीकर्मि सन्तोष पाण्डेले गौमुखी बचत तथा क्रृण सहकारी संस्था साच्चिै जनताको सारथी भएको बताउदै निम्नवर्गिय जनताकोलागी अत्यन्तै महत्वपुर्ण भएको बताए ।
उद्घाटन सत्रमा आगमन महिला बचत तथा क्रृण सहकारी संस्थाकी अध्यक्ष विद्या पछाई, कमल रायमाझी, गंगा विसुन यादव लगायतले मन्तब्य राख्दै सहकारीहरुले जनतालाई सस्तो ब्याजदरमा क्रृण उपलब्ध गराउदा ग्रामिण क्षेत्रका जनतालाई राहत मिलेको बताएका थिए । कार्यक्रममा श्रवण पाण्डे, एविसी नेपालकी निलम यादव, हजारी यादव, मन्जित यादव दिर्गी बानिया लगायतको आतिथ्यता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार
सहकारीमा समर्पित तीन दशक : नेतृत्वमा बनाएको अलग पहिचान
६ आश्विन २०८३, मंगलवार