यी हुन् सहकारी बैंकमा धेरै सेयर हुने १८ सहकारी, पहिलोमा लुम्बिनी र दोस्रोमा सहारा नेपाल साकोस
काठमाडौं : सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकमा १६ हजार ४ सय २६ सदस्य आवद्ध छन् । बैंकमा सहकारीहरुको ९९.६२ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड ६० लाख ८ हजार ९ सय रुपैयाँ र नेपाल सरकारको ०.३८ प्रतिशत अर्थत् १ करोड ८ लाख ९९ हजार रुपैया सेयर हिस्सा छ ।
आर्थिक वर्ष २०८१/८२को असार मसान्तसम्म सहकारी बैंकको सेयर पुँजी २ अर्ब ८९ करोड १५ लाख ७ हजार ९ सय रुपैयाँ छ। जस मध्ये २१.६३ प्रतिशत अर्थात् ६२ करोड ५५ लाख ३५ हजार रुपैयाँ १८ वटा प्रारम्भिक सहकारीको सेयर रहेको छ।
सहकारी बैंकमा सबैभन्दा बढी सेयर हुनेमा रुपन्देहीको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । यस संस्थाको ३.४६ प्रतिशत अर्थात् १० करोड रुपैयाँको सेयर बैंकमा छ। त्यसैगरी दोस्रो नम्बरमा झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रहेको छ । सहारा नेपालको २.९१ प्रतिशत अर्थात् ८ करोड ४० लाख १० हजार रुपैयाँको सेयर रहेको छ । यही संस्थाको प्रतिनिधित्व गर्दै महेन्द्रकुमार गिरी बैंकको अध्यक्ष छन्। सबैभन्दा धेरै सेयर हुने संस्थाको तेस्रो नम्बरमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था, काभ्रेको रहेको छ । सामुदायिक साकोसको २.७८ प्रतिशत अर्थात् ८ करोड २ लाख ६१ हजार रुपैयाँ सेयर सहकारी बैंकमा छ ।
त्यसैगरी क्रमश सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था रूपन्देहीको ७ करोड १० लाख २० हजार (२.४६ प्रतिशत), बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाको ३ करोड (१.०४ प्रतिशत), सामुदायिक विकासका लागि सहकारी संस्था रुपन्देहीको २ करोड ५७ लाख २० हजार (०.८९ प्रतिशत), चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था काठमाडौंको २ करोड ५६ लाख १ हजार (०.८९ प्रतिशत), राजश्री बचत तथा ऋण सहकारी संस्थाको २ करोड ३० लाख २५ हजार (०.८० प्रतिशत), फेवा बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको २ करोड २० लाख १० हजार (०.७६ प्रतिशत), जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था काठमाडौंको २ करोड १६ लाख ४५ हजार (०.७५ प्रतिशत), सयपत्री बहुउद्देश्यीय सहकारी संस्था बागलुङको २ करोड १० लाख १० हजार (०.७३ प्रतिशत) र सीवाईसी साकोस बागलुङको २ करोड ४ लाख १० हजार (०.७१ प्रतिशत) सेयर हिस्सा रहेको छ ।
त्यसैगरी १३औं नम्बरमा बिरगाथा बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको ०.६९ प्रतिशत अर्थात् २ करोड १० हजार रुपैयाँको सेयर रहेको छ । प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङको २ करोड रुपैयाँ, त्रिशुली बचत तथा ऋण सहकारी संस्था नुवाकोटको १ करोड ५५ लाख १० हजार, नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको १ करोड ५२ लाख ९२ हजार, आदर्श सञ्चार सहकारी संस्था बागलुङको १ करोड ५० लाख १० हजार, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको १ करोड ५० लाख १ हजार रुपैयाँ सेयर सहकारीमा बैंकमा रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार
सहकारीमा समर्पित तीन दशक : नेतृत्वमा बनाएको अलग पहिचान
६ आश्विन २०८३, मंगलवार