राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले रिक्त महाप्रबन्धक पदमा वरिष्ठ अधिकृत गोपिकृष्ण भण्डारीलाई कायम मुकायम महाप्रबन्धकको रूपमा नियुक्त गरेको छ । नियुक्तिसँगै भण्डारीले शुक्रबार पदभार ग्रहण गरेका छन् । महाप्रबन्धक सुरेश थापाले दिएको राजीनामा साउन १ गतेदेखि लागु हुने गरी महासंघको संचालक समितिले निर्णय गर्दै भण्डारीलाई अधिकतम ६ महिनाका लागि कायममुकायम महाप्रबन्धको जिम्मेवारी दिने निर्णइ गरेको थियो । महासंघका अध्यक्ष ओमदेवी मल्लले महासंघको कर्मचारी प्रशासन कार्यविधि, २०७५ को दफा १९९१० बमोजिम भण्डारीलाई २०८१ साउन १ गतेदेखि लागू हुने गरी अधिकतम ६ महिनाका लागि यो जिम्मेवारी दिएकी हुन् ।
पदभार ग्रहण समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष डिवी बस्नेत, सञ्चालक सदस्यहरू काशीचन्द्र बराल र सुमन नेपाल लगायत अन्य पदाधिकारी तथा कर्मचारीको उपस्थिति थियो । अध्यक्ष मल्लले भण्डारीलाई औपचारिक रूपमा जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै, नयाँ भूमिकामा सफल कार्यकालको शुभकामना दिईन ।
नवनियुक्त महाप्रबन्धक भण्डारीले संस्थाको व्यवस्थापकीय कार्यदक्षता अभिवृद्धि गर्दै सहकारी क्षेत्रको मजबूतीका लागि आफू प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल
१ आश्विन २०८३, बिहीबार
चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
१ आश्विन २०८३, बिहीबार
४५० बढी संस्थाको विश्वाससहित १२औँ वर्षमा प्रिमियम सीबीएस
१ आश्विन २०८३, बिहीबार