नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
धादिङबेशी, धादिङ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा सहभागि रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २०८३ असोज महिनाको ४ गते स्थलगत सुपरिवेक्षण भएको छ ।
नेफ्स्कूनले पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्क्यान कार्यक्रम अन्र्तगत प्रोवेसन मार्गनिर्देशिकाको ५० वटा सूचकहरूमा केन्द्रित रही स्थलगत सुपरिवेक्षण गरिएको हो ।
सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो । नीतिगत व्यवस्था अध्यावधिक तथा परिपालना, सदस्यमैत्री सेवाहरू, आवधिक योजना, नियामक निकायद्धरा जारी मापदण्ड तथा निर्देशनहरूको परिपालना, सम्पत्ती दायित्व व्यवस्थापन, पूँजी पर्याप्तता, नविनतम प्रविधिको अबलम्बन, प्रतिस्पर्धी अवस्थाबारे सुक्ष्म अध्ययन गरीएको थियो ।
त्यसैगरी संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन, साथै प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकालद्वारा सम्पन्न उक्त सुपरिवेक्षणमा संस्थाका समिति तथा व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन कार्यदलको बैठकसमक्ष प्रस्तुत गरी छलफलका क्रममा प्राप्त सुझावहरू यथासम्भव कार्यान्वयन गर्ने संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार