सपना बहुउद्देश्यीय सहकारीको निक्षेप १० करोड
काठमाडौँ, २० पुस । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले छरिएको श्रम, सीप, पुँजी र ज्ञानको एकीकृत प्रयोगबाट नेपालमा सहकारी क्षेत्रले देशको विकासमा ठूलो योगदान पुर्याएको बताउनुभएको छ ।
काठमाडौँमा अवस्थित सपना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सोह्रौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सहकारी आर्थिक अभियान मात्र नभई सहकार्यको सिद्धान्त नै भएकाले यसलाई व्यवहारमा उतार्न सकेमा देशको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
सहकारीको माध्यमबाट देशको शिक्षा, स्वास्थ्य, जलविद्युत्, उद्योगलगायतका क्षेत्रमा काम गर्न सकिने उहाँको भनाइ थियो ।
सो कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख बलराम निरौला , उक्त संस्थाका अध्यक्ष प्रज्ज्वल थान्जुलगायतले नेपालको सहकारी अभियानबारे चर्चा गर्नुभएको थियो ।
सो संस्थाको सेयर पुँजी रु एक करोड ३१ लाख रहेको छ भने निक्षेप रु १० करोड रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार
सहकारीमा समर्पित तीन दशक : नेतृत्वमा बनाएको अलग पहिचान
६ आश्विन २०८३, मंगलवार