चिया उत्पादक सहकारीमा गुरुङ
इलाम, १८ पुस । चिया उत्पादक जिल्ला सहकारी संघ इलाममा प्रेमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
नव निर्वाचीत कार्य समितिको उपाध्यक्ष र सचिवमा क्रमशः पूर्णबहादुर राई र पद्म तामाङ रहेका छन् । यसैगरी सदस्यहरूमा देवीकुमारी राई, गोमा पाठक, रोमनाथ अधिकारी, गोविन्द दाहाल, बेदनिधि पोखरेल र थीरबहादुर राउत चयन भए । त्यस्तै सभाले टंक खत्रीको संयोजकत्वमा घनश्याम घिमिरे र मीना राई सम्मिलित तीन सदस्यीय लेखा समितिसमेत चयन गरेको छ ।
सभामा सहकारी बैंक इलामका प्रमुख गोपाल काफ्लेले सहकारीमा लागेका किसानको व्यवसाय वृद्धिका लागि बैंकले आर्थिक लगानी गर्न तयार रहेको बताए । उनले सहकारीलाई बैंकमा खाता खोल्नसमेत आग्रह गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार