सहकारीको लगानी सहकारी कै कानुनी वातावरणमा फूल्न सकोस्
कल्पना श्रेष्ठ
गाउँका लोकल उत्पादन र काठमाडौंको व्यस्त दुनियाँलाई जोड्ने प्रयास हिलटपले गरिरहेको बारे केही सुनेको थिए । पहेंला जुनारले सजिएको हिलटपको प्रोफाईल देखिएको पनि हो । केही दिनअघि अध्यक्षज्यूको हातबाट घर छेउमै सिन्धुलीको तामा प्राप्त भयो । सहकारी स्नेह घुलित तामाको स्वाद एक त भावनात्मक तवरले पनि मिठो हुनेवाला थियो । तर त्यसमा मात्र सिमित हुन पाएन । साँच्चैको स्वाद, गाउँमा पिताजीले आफ्नै बारीको बाँसको झ्याङबाट तायर गरिएको तामाको स्वादलाई अलिकति पनि फरक अनुभूति दिएन । आफ्नै हातले बनाएको तामाभन्दा केहीकमै होला भन्ने पहिलो पटक अलिमात्रा बढाउँदा त्यो अमिलो स्वादले झण्डै गाह्रो पारेन । जिब्रो पड्काई पड्काई खाईयो ।
तामाको स्वादपछि सामाजिक सञ्जालमा धन्यवादको शब्द लेखें । धेरै जनाले यसमा सकारात्मकता तथा सद्भाव प्रकट गर्नु भयो । नेफ्स्कूनका पूर्व समन्वय विभाग प्रमुख शिव अधिकारी ज्यूले सामाजिक सञ्जालमार्फत पहिले नेफ्स्कूनको सदस्य रहेको र पछि बहुउद्देश्यीय सहकारी संस्थामा परिणत भएको जानकारी गराउनु भयो । पहिले र अहिले पनि उत्कृष्ट सहकारी सेवा प्रवाह गरिरहेको र आफूलाई हिलटप भन्ने सुन्दा र उहाँहरुको मिहेनत देख्दा खुसी लाग्ने बताउनु भयो ।
भावना मिल्ने साथीको साथले सहकारी कर्मलाई विशिष्ट बनाउने उदाहारण जस्तो पनि लाग्यो मलाई । मेरो यस कुरामा कत्तिको सत्यता छ त्यो त मलाई थाहा छैन । तर अध्यक्ष बासुदेव घिमिरे र प्रवन्ध सञ्चालक सुमन विक्रम थापाको प्रोफाईमा भिजिट गर्दा र उहाँहरुको सुभचिन्तकहरुले कमेन्ट गरेको देख्दा उहाँलगायत टिमको राम्रो एकता भएको जस्तो बताउँछ । किरन मेडम, अर्जुन जी सबैको परिचय त जान्दिन तर एकताको मन्दिर जस्तो लाग्थ्यो उहाँहरुको प्रोफाईलको भित्ताहरु ।
सक्रिय समिति तथा जुझारु कर्मचारीको टिमले धेरै मिहेनत गरिरहेको दृष्य सामाजिक सञ्जालले जानकारी गराईरहेको थियो । कोभिडको यस महामारी बीचमा नै सहकारी पसलको प्रारम्भ भएको पाईयो । फेरी सोही पसल तथा सहकारी सञ्चालनको लागि टिम बिल्डिङ तालिम सञ्चालन गरेको तथा एक अर्काको सबल पक्षको विषयमा प्रसस्त चर्चा गरी थप उर्जा भरेर पसलको प्रारम्भ भएको पनि कार्यालयको भ्रमण पछि बुझ्न सकिन्थ्यो । आत्माको उर्जाले काम सहज रुपमा सम्पन्न हुन्छ । त्यो उर्जा यो टिममा रहेछ भन्ने अध्यक्षज्यूको कक्षमा रहेको एउटा फ्रेमले बताई रहेको थियो ।
बानेश्वर तिरबाट आउँदा बाँयाँ तिनकुनेको मुख्खैमा, केएफसी सँगैको भित्रि बाटोको २ घर पर अरु पुराना घरहरुको रंगले छोईंदा पनि दाग पो लागि हाल्छ कि जस्तो टल्किएको साँढे तीनतले घरमा लेखिएको रहेछ, हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था । एका तिरको हरियो सटर बन्दथियो । अर्कोतर्फ खुलेके सटरमा सहकारी पसलका सामानहरु टल्किरहेका थिए ।
कोभिडको समय हो, एक्कै ठाउँमा पटक पटक जान उपयुक्त पनि हुन्न । फर्कंदा केही सामानहरु लिएर जाने योजना भएकाले अध्यक्षज्यूको पहिले पसल की अफिस जाउँ भन्ने प्रश्नको जवाफमा मैले अफिस रोजें । सदस्य बस्नको लागि प्रसस्त खुल्ला भाग रेहको आकर्षक काउन्टर, बचत बिभाग, ऋण बिभाग । अर्को तल्लामा प्रवन्ध सञ्चालकको कक्ष, निगरानीको लागि ठूलो साईजको सीसी क्यामेराको मोनिटर । सञ्चालक समितिको कक्ष, सोहीकक्षमा सानो अर्को मोनिटर । पसलका सामग्रीहरुको नमुना । अर्कोतर्फ तालिम कक्ष । तालिम कक्षमा व्यवस्थापन भएको साउण्ड सिस्टमलाई हिलटप कै आफ्नो संगितकार बालन्द राई ज्यूको संगित तथा स्वरले सजिएको सहकारीको कर्पोरेट गीतबाट परिक्षण गर्ने काम पनि भो । माथिल्लो भागमा स्टोर र भन्सा देखियो ।
अष्टे«लियाको एक सहकारीको भ्रमणमा देखिएको दृष्यहरुसँग साझेदारी गरेर हेर्दा हामी नेपाली सबै कुरामा पर्फेक्ट भए पनि आफ्नो स्वास्थ्य तथा खानपानमा कमै प्राथमिकता हुने गर्दछ । हुन त मूर्ख लेखिका कहाँ नेपालको सहकारीलाई अष्टे«लिया जस्तो बिकसित देशको सहकारीसँग तुलना गरेर हुन्छ भन्ने पनि लाग्न सक्छ । तर स्वाथ्य पहिलो प्राथमिकता हो ।
उनीहरुको सहकारीमा प्रत्येक तलामा भन्सा थियो । घरबाटै ल्याएको खानेकुरा तताएर वा फ्रिजमा राखेर खानको लागि छुट्टै कक्ष थियो । हामी त्याहाँ पुग्दा क्रिसमसको अफिसियल पार्टी हुँदै थियो । जसको लागि पनि भेला हुन छुट्टै ठूलो एरिया व्यवस्थापन गरिएको थियो । हो हामीले ती सबै आवश्यकताहरु पुरा गर्न नसकौंला तर कम्तीमा सबै तलामा चिसो तातो पानी खान र स्वंयले त्यसलाई सफा गर्न सकिने कक्षको व्यवस्थापन आवश्यक देखिन्छ । यो यसकारण पनि भनिरहेको छु की सबै स्टाफहरु कममा तल्लिन छन् । प्रवन्ध सञ्चालकज्यूलाई झण्डै झण्डै बोल्ने पनि फुर्सद देखिँदैन । त्यत्ति मेहेनत गर्ने टिमले ३ तला माथि भन्सामा गएर तातोपानी खानु वा चिया पिउनु खास उपयुक्त नहोला । सहयोगी कर्मचारीको हातबाट खानेकुरा खाँदा तथा जुनसुकै ठाउँमा बसेर खाना खाँदा कोभिड संक्रमण दर बढेको घटना हामीले सुन्दै आएका छौं ।
काठमाडौंमा प्रायः सहकारीहरुमा कार्यकारी अध्यक्ष हुन्छन् भन्ने सुनेको तर यहाँ त्यस्तो होईन रहेछ । स्वंयमसेवी अध्यक्षको हातबाट ५ देखि ७ किलोमिटरको दुरीमा मैले तामाको घर दैलो सेवा प्राप्त गरेको रहेछु । उहाँसंग अझ धेरैवटा तामाका बट्टाहरु थिए । धेरै सहकारीकर्मीले रगत पसिना एक गरेर मात्र यो सहकारी अभियानले आज यहाँसम्मको कदम भेटेको छ भन्ने मेरा अनुभूतिहरुलाई यस घटनाले अझ मजबुद बनायो ।
अन्य सामानहरु पसलमा जस्तै । अझ भनौं अन्य मार्टमा जस्तै देखिए पनि पसलको पहिलो भागमा सजिएको तामा, लोकल पाकेका कांक्रा, खुर्कोटको केरा, नम्बरी अग्र्यानिक मह लगायतका सामग्रीले सहकरी पसलको महत्वलाई झल्काई रहेको थियो । अझै विभिन्न भागबाट गाउँको अग्र्यानिक सामग्रीहरुको खोजी भैरेको समेत जानकारी पाएँ । धन्य छ, सहकारीकर्मी साथीहरु हजुरहरुको यो कर्म लाई अझै सफलता प्राप्त होस् । सहकारी कै स्वरुपमा यो लगानी फस्टाउन सफल रहोस् । यसका लागि कुनै पनि अन्य कम्पनीको दर्ता गर्नु नपरोस् । सहकारी सहकारी नै भएर अघि बढ्न सक्ने कानुनी वातावारण तय होस् भन्ने कामना गर्न चहान्छु ।
kspglory@gmail.com
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार