ॐ साईराम साकोसद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग
काठमाडौं : ॐ साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालाजु काठमाडौंले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने भएको छ।
२०८३ भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षति, विस्थापन तथा दैनिक जीवनयापनमा परेको कठिनाइप्रति दुःख व्यक्त गर्दै सहकारीले रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको हो।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आह्वानप्रति प्रतिबद्धता जनाउँदै सहकारीले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा रु. २५ हजार ५ सय ५ रुपैयाँ योगदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष शुसिलकुमार बस्न्यातले जानकारी दिनुभयो।
सहकारीले आफ्ना शेयर सदस्य, कर्मचारी, सहकारी अभियन्ता, सहकारी संघ–संस्था, सामाजिक संघ–संस्था तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई आ–आफ्नो सामर्थ्यअनुसार बाढीपीडित नागरिकको सहयोगमा जुट्नसमेत अपिल गरेको छ।
साथै, विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार