समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
काठमाडौं : सहकारिताको मूल मर्म नै आपसी सहयोग, सहकार्य, एकता र समुदायप्रतिको उत्तरदायित्व हो। सदस्यको आर्थिक तथा सामाजिक हितसँगै समुदाय र समाजको सुख–दुःखमा साथ दिनुपर्ने सहकारीको यही सिद्धान्तलाई व्यवहारमा उतार्दै प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुरले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ३ लाख सहयोग गरेको छ।
२०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ योगदान गरेको हो।
संस्थाका अनुसार उक्त सहयोग रकम सहकारी परिवारकै विभिन्न स्रोतबाट संकलन गरिएको हो। जसमा सञ्चालक समिति बैठक भत्ताबापतको रकमबाट २८ हजार, सदस्यको तर्फबाट सदस्य सुरक्षा योजनामा जम्मा भएको रकमबाट १ लाख ५० हजार एक सय, कर्मचारी परिवारको तर्फबाट एक लाख र संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्माको तर्फबाट २५ हजार रहेको छ।
बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सहकारी संस्थाहरू बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई समुदायको आवश्यकता र संकटमा समेत जिम्मेवार साझेदार बन्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै प्रतिभा बहुउद्देश्यीय सहकारीले उक्त सहयोग गरेकोसंस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त ‘समुदायप्रतिको सरोकार’ तथा पारस्परिक सहयोगको भावनालाई आत्मसात् गर्दै गरिएको यस योगदानले सहकारी संस्थाको सामाजिक भूमिकालाई समेत उजागर गरेको छ। विपद्को समयमा एकअर्काको दुःखमा साथ दिनु नै सहकारिताको वास्तविक अर्थ भएको अध्यक्ष शर्माको भनाइ छ।
संस्थाले ‘सहकारी भनेको सदस्यको मात्र होइन, समाज र राष्ट्रको सुख–दुःखको पनि सहयात्री हो’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार