११ भदौ २०८३, बिहिबार

बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने

२०८३ भदौ ११, बिहिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले आइ–स्मार्ट (iSmart) ले सहयोगको पहल अघि बढाएको छ।

विपद्को समयमा सहयोग गर्न इच्छुक नागरिकहरूले iSmart मोबाइल एपमा उपलब्ध ‘स्क्यान एन्ड डोनेट’ सुविधामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहज रूपमा आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रयोगकर्ताले iSmart एपमा रहेको ‘स्क्यान एन्ड डोनेट’ विकल्प प्रयोग गरी आफूले इच्छाएको रकम सहयोग गर्न सक्नेछन्। यस सुविधामार्फत प्रविधिको प्रयोग गर्दै विपद् प्रभावित परिवारको राहत तथा उद्धारमा योगदान पुर्‍याउने उद्देश्य लिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जले जानकारी दिनुभयो।

iSmart का अनुसार उक्त सुविधा नेपालभरका ८०० भन्दा बढी सहकारी संस्थाका ३ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताका लागि मोबाइल एपमार्फत उपलब्ध हुनेछ।

बाढी प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न iSmart ले अपिल समेत गरेको छ।

iSmart ले ‘प्रविधिमार्फत सहयोग, विपद्मा साथ’ भन्ने भावनाका साथ अघि बढाइएको यस पहलले प्रभावित परिवारका लागि राहतमा योगदान पुग्ने विश्वास व्यक्त गरेको महर्जले बताउनुभयो।

अभिलेख

लोकप्रिय