११ भदौ २०८३, बिहिबार

रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित

२०८३ भदौ ११, बिहिबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित

काठमाडौं : मोरङको उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाका बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले रसुवामा आएको बाढीका कारण सिङ्गो मुलुक शोकमा रहेको वर्तमान अवस्थामा तीज मिलन कार्यक्रम- २०८३ स्थगित गर्ने निर्णय गरेको हो। कार्यक्रमका लागि छुट्याइएको रकममध्ये ५० हजार रुपैयाँ बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ।

यसैगरी, संस्थाले आफ्ना सदस्यहरूलाई समेत मानवीय संवेदनालाई मध्यनजर गर्दै सकेको सहयोग गर्न आग्रह गरेको छ। साकोससँगको समन्वयमा राहत तथा पुनःस्थापनाको यस पुण्य कार्यमा सहभागी हुन पनि सदस्यहरूलाई अनुरोध गरिएको अध्यक्ष गोमा नेपालले जानकारी दिनुभयो।

व्यवस्थापक चित्र न्यौपानेले राष्ट्रिय शोकको यस घडीमा सहकारीले समुदायप्रतिको चासो र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सहयोग गर्ने निर्णय गरेको बताउनुभयो।

अभिलेख

लोकप्रिय