‘सहकारी पाठ्यक्रम पास हुनेमा ढुक्क छु’
– डा. बालकृष्ण रंजित
उपनिर्देशक, पाठ्यक्रम विकास केन्द्र
सरकारले सहकारी शिक्षा पाठ्यक्रम तयार गरेको छ । कक्षा ९, १०, ११ र १२ तथा उच्च शिक्षामा सहकारी पाठ्यक्रम तयार भएको हो । सहकारी तथा गरीबी निवारण मन्त्रालल र शिक्षा मन्त्रालयको सहकार्यमा पाठ्यक्रम निमार्ण गरेको हो । पाठ्यक्रम तयार गरी सहकारीका विभिन्न निकायहरु संग राय सुझाव समेत माग गरेको छ । सहकारीका विभिन्न केन्द्रिय संघहरु संग छलफल गरेर आएका सल्लाह सुझावलाई कार्यान्वयन गर्ने तयारी गरेको छ । प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर डा. रंजित संग सहकारीखबर डट कमका प्रतिनिधिले गरेको कुराकानी ।
सहकारी शिक्षा पाठ्यक्रम निमार्णमा यहाँको ठूलो योगदान रहेको छ । सहकारी विषयलाई पाठ्यक्रममा राख्ने योजना कसरी आयो ?
सहकारी अभियान विकास उन्मुखदेशमा अत्यावश्यक रहेको छ । नेपालमा अन्य विभिन्न आन्दोलनहरु भन्दा सहकारी आन्दोलन सफल भएको छ । यस परिपेक्षेमा सहकारीको गरिमा उच्च रहेको छ । नेपालमा सहकारी प्रति आम नागरीकको धारणा सकारात्मक रहेको छ । सहकारीले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याएको छ । केही वर्ष यता यदा कदा मानिसहरु सहकारी प्रति नकारात्मक धारणा जान थालेको छ । केही सहकारीका संचालहरुले सहकारीको मर्म, उद्देश्यलाई चोट पुर्याउने हिसाबले गतिविधिहरु अगाडी बढाए । जनताले विश्वास गरेर सहकारीलाई आत्मसाथ गरेर बचत संकलन गरेका थिए । केही संस्थाले दुरुपयोग गरेर संचालक पलायन हुने संस्थानै बन्द गरेर भाग्ने किसिमले गर्दा जनतामा सन्त्रास फैलिएको छ । यसलाई निर्मुल गर्न सहकारी उद्देश्य, मर्म यो होइन भनेर शिक्षा फैलाउन तथा सहकारी के हो र यसले के गर्छ भन्ने सन्देश राखेर जनमानसमा जान पर्यो भनेर खोजीरहेको अवस्थामा शिक्षाबाट जानु पर्छ भन्ने सोच आयो । सहकारी शिक्षानै अन्तिम विकल्प हुने देखेर यस तर्फ हामी लागेका हौं । हाम्रो चाहना बालबालिकाहरुको मन मस्तिकमा सहकारीका राम्रो कुराहरु जाहोस् भन्ने हो । यसबाट बालबालीकाहरु सम्वाहक बनेर गाउँ, समुदायमा सहकारीको राम्रो सन्देश प्रभाव गर्न सक्छन् । सोही कारण स्कुलको पाठ्यक्रममा यो विषय हाल्नु पर्छ भने निक्र्याैल र निष्र्कषमा पुगेका हौं । अहिले ९ र १० कक्षामा ऐच्छिक विषयको रुपमा राख्न खोजिएको हो ।
अहिले सहकारीमा जति पनि समस्या आए यसको मतलब शिक्षा, तालिम र सूचनाको अभाव नै हो होइन त ?
सबै संघ संस्थाको जिम्मेवारी भएको हुनाले शिक्षा मन्त्रालयले यसको नियन्त्रण गर्न के गर्न सक्छ त भन्दा यहि कुराको बोध भयो । हामीले पाठ्यक्रममा यसलाई राख्न पाइयो र सकियो भने जन समुदायमा सकारात्मक सन्देश जान्छ भन्ने सोच भयो । यसले भविष्यमा दुर्त गती लिन्छ भन्ने मनासयले सहकारी विषयका राम्रा, असल र आर्दश कुराहरु बालबालीकाहरुले पछि आफ्नो जीवन उतारोस् भन्ने हिसाबले हामीले जर्मको गरेका हौं ।
पाठ्यक्रमले कहिले सम्म पूर्णता पाउला त ?
यहि महिना यो पाठ्यक्रम पास हुन्छ । २०७१ र २०७२ सालमा हामीले पाठ्यक्रमको आधारमा किताब लेखाउछौं । २०७३ को नयाँ शैक्षिक सत्र देखि ९ र १० कक्षामा ऐच्छिक विषयको रुपमा अध्ययन शुरु गराउछौं ।
पाठ्यक्रम पास हुनेमा तपाई ढुक्क हुनुहुन्छ ?
ढुक्क छु र हुन्छ नै । असार २५ गते राष्ट्रिय पाठ्यक्रम मुल्याङ्कन परिषद्बाट पास हुन्छ । हामीले २० वटा पाठ्यक्रम पास गर्न लैजादै छौं । त्यस मध्ये सहकारी शिक्षा एक हो ।
त्यसो भए पुस्तक लेखन कहिले बाट शुरु हुन्छ त ?
अब आउने आर्थिक वर्षमा पुस्तक लेखन कार्य राख्दछौं । २०७२ मा सबै लेखनकार्य सकिन्छ ।
पुस्तक लेखन कार्य कसरी हुन्छ ?
हाम्रो रोस्टरको प्रणाली रहेको छ । पत्रिकामा आव्हान गर्ने छौं । सहकारी क्षेत्रमा काम गरेको, अनुभव प्राप्त गरेका, शिक्षामा स्नातक गरेका, सहकारी सम्बन्धी विभिन्न अनुसन्धान, गरेका तथा यस क्षेत्रमा भिजेका व्यक्तित्वहरु आब्हान गर्नेछौं । आएका व्यक्तिहरु मध्येबाट छनोट गर्ने छौं ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार