बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
ललितपुर : १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
संस्थाको आज सम्पन्न ३५९औँ सञ्चालक समिति बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
संस्थाले बाढीमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र उद्धार, उपचार र राहतको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताउँदै पीडित तथा प्रभावित परिवारप्रति संस्थाको साथ र मानवीय संवेदना निरन्तर रहने बताउनुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार