७ वैशाख २०८३, सोमबार

सहकारीद्वारा रक्तदातालाई सम्मान

२०७० फागुन २४, शनिवार
सहकारीद्वारा रक्तदातालाई सम्मान

 काठमाडौं, २४ फागुन । अन्तराष्ट्रिय महिला दिवसको अवसर सतुङ्गलस्थित भलाकुशाः अभियान बहुउद्देश्यीय सहकारी लिमिटेडले नेपालका सबैभन्दा धेरै पटक (१३७) रक्तदान गर्ने प्रेमसागर कर्माचार्यकी माता सानुमैया कमाचार्यको प्रतिमा निर्माण र कर्माचार्यका श्रीमती माया कर्माचार्यलाई सम्मान गरेको छ ।

सहकारीका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले मानिसको जीवन बचाउने रगतको हाल व्यापार भईरहेको, रगत निःशुल्क उपलब्ध हुनुपर्ने मान्यतालाई स्थापितगराउन आफु सधैं प्रयत्नरत रहेको बताए ।

अध्यक्ष श्रेष्ठले सहकारीको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमलाई समावेश गरिएको र महिलालाई सम्मान गर्दै रक्तदानका लागि पनि उत्प्रेरणा दिनका लागि अन्तर्राष्ट्रिय महिला दिवसकै दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा सहभागी एकसय जना रक्तदाताहरूलाई फोटोसहितको प्रमाणपत्र वितरण गरिएको थियो । संस्थाले सहकारी भावना अभिबृद्धका साथ समाजमा रचनात्मक कार्यलाई प्रोत्साहन गर्नपनि प्रयत्नरत रहेको वताए ।

अभिलेख

लोकप्रिय