७ वैशाख २०८३, सोमबार

सहकारी समुदायमा आधारित नुहँदा समस्या

२०७० माघ २७, सोमबार
सहकारी समुदायमा आधारित नुहँदा समस्या

सिमरा, २७ माघ । बाराको कलैयामा आजबाट मत्स्य सहकारी संघ संस्थाको लेखा व्यवस्थापन तालीम शुरु भएको छ । डिभिजन सहकारी कार्यालय बारा कलैयाको आयोजना र बारा जिल्ला मत्स्य सहकारी संघको संयोजनमा आजबाट तालीम शुरु भएको हो ।

तालीम उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सहकारीले समुदायको स्वामित्व र सहकार्यमा उद्यम व्यवसाय सञ्चालन गर्ने र त्यसबाट समुदाय नै लाभान्वित हुने विश्वव्यापी दिगो दर्शन तथा जीवनपद्धतिको रुपमा परिभाषित भएको बताए । सहकारी समुदायमा आधारित तथा सदस्यकेन्द्रीत हुन नसक्दा र उत्पादनमूलक उद्यममा आधारित हुन नसक्दा समस्या आएको बताए । बारा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले मुलुकमै मत्स्य उत्पादनको हिसावले अग्रणी रुपमा रहेको बारा जिल्लाको मत्स्य उत्पादन र व्यापारमा सहकारीले सहजीकरण गर्ने र त्यसका लागि अभियानको तर्फबाट सहयोग हुने विश्वास व्यक्त गरे ।

डिभिजन सहकारी कार्यालय बारा कलैयाका प्रमुख महेन्द्र राउतको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बारा जिल्ला मत्स्य सहकारी संघका अध्यक्ष ओमप्रकाश ठाकुर, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सत्तेन्द्र ठाकुर, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, कृपा दैनिकका प्रकाशक कमल उपाध्याय र नेपाल पत्रकार महासंघ पर्साका सहसचिव कृष्णउदास खनाललगायतले बोलेका थिए । छ दिन सम्म चल्ने तालीममा १५ वटा मत्स्य तथा कृषि सहकारीका तीस जनाले तालीम लिई रहेका छन । कार्यक्रमको सहजीकरण सहकारी निरिक्षक गोपाल खपांगीले गरेको थियो ।

अभिलेख

लोकप्रिय