उजुरी कम आएको भन्दै समय सीमा हटाइयो
काठमाडौ,२४ पुस । समस्याग्रस्त सहकारीको छानबीनका लागि गठीत जाँचबुझ आयोगले ठगीको तुलनामा उजुरी कम आएको भन्दै समय सीमा हटाएको । सहकारीमा देखिएको समस्याको तुलनामा उजुरी कम आएकाले पनि समय पछि आएका उजुरीलाई समेत लिने निर्णय गरेको आयोगका संंयोजक तथा पूर्व न्यायाधिश गौरीबहादुर कार्कीले जानकारी दिए । यस अघि ओयोगले उजुरी लिने समय पुस १९ गते सम्म मात्र तोकीएको थियो । आयोगले सहकारी विभागमा सम्पर्क कार्यालय राखेर उजुरी लिने ब्यवस्था मिलाएको छ । यस्तै आयोगको कार्यालय सिंहदरबार र डिभिजन सहकारी कार्यालयमा समेत उजुरी दिने ब्यवस्था छ ।
हाल सम्म ६० सहकारीका ११ हजार उजुरी परेको आयोगले जनाएको छ । यस्तै ओरेन्टल सहकारीका निक्षेपका विरुद्ध ४ हजार भन्दा बढी उजुरी परेको छ । गत कात्तिकमा १४मा गठन भएको सो आयोगमा कार्की संयोजक र शुसिल माथेमा र सीताराम उप्रेती सदस्य छन् । गत आर्थिक बर्षमा मात्रै २ दर्जन भन्दा बढी सहकारीले ७ अर्ब भन्दा बढी ठगी गरिसकेका छन् । यहि ठगीलाई नियन्त्रण गर्न अर्थमन्त्रालयका सहसचिव बैकुन्ठ अर्याल र राष्ट बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा २ छुट्टा छुट्छुटै समिती बनाएर समस्याको अध्ययन गरे पनि सुझावहरु कार्यन्वन भने हुन सकेको छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार