नवकान्तिपुर सहकारीद्वारा बाढी-पहिरो पिडितलाई राहत सामाग्री तथा नगद हस्तान्तरण
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यहि आश्विन ११ र १२ गते आएको भिषण वर्षाले निम्त्याएको बाढी तथा पहिरोका कारण प्रभावित भएका परिवारहरुलाई राहत स्वरुप २ लाख बराबरको खाद्य सामाग्री वितरण गरेको छ ।
साथै संस्थाले सहकारी अभियानसँग हातेमालो गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडद्वारा स्थापना गरेको विपद् व्यवस्थापन कोषमा २५००१ रकम योगदान स्वरुप हस्तान्तरण गरेको छ ।

संस्थाका उपाध्यक्ष मुकुन्द राज पाण्डेको नेतृत्वमा गएको टोलीले उक्त सामाग्री तथा नगद हस्तान्तरण गरेको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको बाढी प्रभावित क्षेत्र अन्तर्गत नमोबुद्ध नगरपालीकाका मेयर कुन्साङ्ग लामाको रोहवरमा नगरपालिकाद्वारा सञ्चालित एकद्वार राहत वितरण प्रणाली अन्तर्गत अति प्रभावित परिवारलाई वितरण हुने गरि उक्त राहत सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मेयर कुन्साङ्ग लामाले विपद्को घडिमा मल्हम लगाउन अग्रसर हुने संस्थाका जिम्मेवार व्यक्तिहरुलाई धन्यवाद प्रदान गर्दै संस्थाका सबै सदस्यहरुलाई सुख, शान्ति र सम्बृद्धिको कामना गर्दै अन्य संघ, संस्था र व्यक्तिहरुलाई समेत नगरपालिकाद्धारा सञ्चालित राहत तथा पुनस्र्थापना कार्यक्रममा सहयोग पुर्याउनको लागि अपील गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेपाल बहुउद्देश्यीय सहकारीमा सीईओका लागि आवेदन खुला, मासिक सुविधा २ लाखभन्दा बढी
१५ असार २०८३, सोमबार
वार्षिक अद्यावधिक अनिवार्य, सहकारीले हर्जाना ब्याज ५ प्रतिशतसम्म मात्र लिन पाउने
१५ असार २०८३, सोमबार
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई छात्रवृत्ति, डिजिटल ठगीविरुद्ध सचेतना
१५ असार २०८३, सोमबार