२९ कात्तिक २०८३, आईतवार

बंगलादेशमा सहकारी पत्रकारहरूको संगठन ‘बाकोजा’ स्थापना

२०८३ कात्तिक २८, शनिवार
बंगलादेशमा सहकारी पत्रकारहरूको संगठन ‘बाकोजा’ स्थापना

नोभेम्बर ७, २०२६ मा बंगलादेशको राजधानी ढाकास्थित एक होटलमा आयोजित उद्घाटन समारोहमा संस्थाको सन् २०२६–२०२८ कार्यकालका लागि २० सदस्यीय कार्यसमिति घोषणा गरिएको हो।

काठमाडौं : सहकारी पत्रकारिताको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यसहित बंगलादेशमा ‘बंगलादेश कोअपरेटिभ जर्नालिस्ट एसोसिएसन (बाकोजा)’ स्थापना भएको छ।

नेपाल सहकारी पत्रकार समाजको पूर्ण प्रोत्साहन र सहयोगमा स्थापना भएको बाकोजाले अन्तरदेशीय सहकारी पत्रकार महासंघ निर्माण गर्ने लक्ष्यसमेत अघि सारेको छ।

घोषित कार्यसमितिको अध्यक्षमा अतिकुर रहमान चयन भएका छन्। उनी मुक्तिर डाक २४ डटकमका सम्पादक हुन्। त्यस्तै, उपाध्यक्षमा डेली नया दिगन्तका वरिष्ठ संवाददाता जिलानी मिल्टन, महासचिवमा सिटी पोस्टका कार्यकारी सम्पादक अमिनुल इस्लाम र सहमहासचिवमा डेली मानव कथाका निजाम उद्दिन दरबेश चयन भएका छन्।

यसैगरी, संगठन सचिवमा डेली रुपाली बंगलादेशका वरिष्ठ संवाददाता शाहिनुर इस्लाम, कोषाध्यक्षमा स्वतन्त्र पत्रकार शाहिनुर आलम, कार्यालय सचिवमा देशकाल न्युजका उपसम्पादक मन्जुरुल आलम मुकुल, प्रचार तथा प्रकाशन सचिवमा बंगलादेश बेतारका संवाददाता खोन्दोकर इरफान अली बिप्लब चयन भएका छन्।

त्यस्तै, कल्याण सचिवमा बीटीभीका महबुबुर रहमान र सांस्कृतिक सचिवमा भिओडी बंगलाकी स्टाफ रिपोर्टर नुरुन्नहार चौधरी कोली चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा डेली स्वदेश प्रतिदिनका समाचार सम्पादक मोसिउर रहमान रुबेल, डेली अमर देशका मोहम्मद मोबारेक हुसेन, हार्ड टक बंगलाका सम्पादक हसन साफि, डेली भोरर कागजका होरलाल रोय सागर, ढाका मेलका इमरुल कायेस, डेली डेस्टिनीका शफिउल अल इमरान, डेली बंगलादेशेर आलोका वरिष्ठ संवाददाता रतन चन्द्र बालो, नागरिक टीभीका मोहम्मद तन्जिर खान रोनी, डेली समकालका उमर फारुक उज्जल र बांग्ला एफएमका स्टाफ रिपोर्टर मोहम्मद महबुबुर रहमान रहेका छन्।

सहकारी क्षेत्रका समाचार, सूचना तथा गतिविधिलाई पत्रकारितामार्फत प्रभावकारी रूपमा उजागर गर्दै सहकारी पत्रकारहरूबीच व्यावसायिक एकता, सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बाकोजाले आफ्नो यात्रा सुरु गरेको हो।

अभिलेख

लोकप्रिय