तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार
काठमाडौं : नवलपरासीको गैँडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालीहरूको महान् पर्व तिहार तथा छठको अवसरमा खुला देउसीभैलो प्रतियोगिता आयोजना गर्ने भएको छ।
संस्थाले ‘विकू सन्देश र तिहार सचेतनामूलक खुला देउसीभैलो प्रतियोगिता’ आयोजना गर्न लागेको हो। तिहारको सांस्कृतिक महत्व, मौलिकता तथा सामाजिक सन्देशलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्दै संस्थाका सन्देशलाई सदस्य तथा समुदायसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति तथा समूहले विकू सन्देश र तिहारसम्बन्धी सचेतनामूलक विषय समेटेर अधिकतम चार मिनेटको अडियो वा भिडियो क्लिप तयार गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने सहभागीलाई उचित पुरस्कारको व्यवस्था गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार प्रतियोगिताका लागि तयार पारिएका अडियो तथा भिडियो क्लिप २०८३ कात्तिक २१ गतेदेखि २५ गते बेलुका १० बजेसम्म vyccucoopit@gmail.com इमेलमार्फत पठाउन सकिनेछ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
