किसान बचतको सदस्य केन्द्रीयता अभियान, सदस्य लक्षित ५० बढी कार्यक्रम
गैंडाकोट (नवलपुर)
‘समृद्ध सदस्य, दीगो साकोस’को अवधारणा लिएको किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ ।
संस्थाको २६ वटै सेवा केन्द्रहरुमा माघ ५, ६ र ९ गते सञ्चालक समितिका पदाधिकारी, सेवा केन्द्र व्यवस्थापन समिति, सेवा केन्द्र अन्तर्गत गठित विभिन्न उपसमितिका पदाधिकारी तथा कार्यरत कर्मचारीहरुको सहभागितामा समिक्षा सम्पन्न गरेको हो । अर्धवार्षिक रुपमा सेवा केन्द्रहरुले प्राप्त लक्ष्य र त्यसको प्रगतीका बारेमा छलफल गर्नुका साथै शेयरपूँजी, बचत संकलन, सदस्यता वृद्धि, ऋण लगानी र भाखाँ नाघेको ऋण व्यवस्थापनतर्फ सेवा केन्द्रहरुले आफुले प्राप्त गरेका लक्ष्यहरु पूर्ण रुपमा प्रगती हासिल गर्न कार्ययोजना र रणनीतीहरु तय गर्दै सबै सेवा केन्द्रहरुमा सम्पन्न भएको हो ।
हाल देखिएको आर्थीक संकट, सहकारी प्रतिको नकरात्मक असरका वावजुद पनि संस्थाले चालु आर्थिक वर्षको अर्धवार्षिक समयसम्म सन्तोषजनक प्रगती हासिल गरेको छ । सम्रग संस्थाले पौष मसान्तसम्म शेयर सदस्य वृद्धि गरि ८३ हजार ८ सय ११ जना, कुल बचत २ अर्ब ७२ करोड ९४ लाख ११ हजार ५ सय ४ रुपैयाँ, कुल ऋण लगानी २ अर्ब ३७ करोड २७ लाख ३९ हजार ५ सय ६८ रुपैयाँ पुर्याएको छ । त्यस्तै संस्थाको कुल सम्पत्ती ३ अर्ब ४७ करोड ७८ लाख ६० हजार १ सय १८ रुपैयाँ पगेको छ । पौष मसान्तसम्म संस्थाको तरलता २६.५४ प्रतिशत रहेको छ ।
संस्थाले सम्पूर्ण सेवा केन्द्रहरुमा माघ र फाल्गुण महिनामा सदस्य केन्द्रित विभिन्न किसिमका वित्तीय साक्षरता, सामाजिक कृयाकलाप, सीप मुलक तालिम लगायतका सदस्य शिक्षा, बाल सदस्य, जेष्ठ नागरिक सदस्य एव महिला सदस्य केन्द्रित ५० वटा भन्दा बढी कार्यक्रमहरु सञ्चालन गर्ने समेत सस्थाका अध्यक्ष श्रीहरि चालिसे जानकारी दिए ।
संस्थाको वित्तीय अवस्था

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार