
गैंडाकोट (नवलपुर)
‘समृद्ध सदस्य, दीगो साकोस’को अवधारणा लिएको किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ ।
संस्थाको २६ वटै सेवा केन्द्रहरुमा माघ ५, ६ र ९ गते सञ्चालक समितिका पदाधिकारी, सेवा केन्द्र व्यवस्थापन समिति, सेवा केन्द्र अन्तर्गत गठित विभिन्न उपसमितिका पदाधिकारी तथा कार्यरत कर्मचारीहरुको सहभागितामा समिक्षा सम्पन्न गरेको हो । अर्धवार्षिक रुपमा सेवा केन्द्रहरुले प्राप्त लक्ष्य र त्यसको प्रगतीका बारेमा छलफल गर्नुका साथै शेयरपूँजी, बचत संकलन, सदस्यता वृद्धि, ऋण लगानी र भाखाँ नाघेको ऋण व्यवस्थापनतर्फ सेवा केन्द्रहरुले आफुले प्राप्त गरेका लक्ष्यहरु पूर्ण रुपमा प्रगती हासिल गर्न कार्ययोजना र रणनीतीहरु तय गर्दै सबै सेवा केन्द्रहरुमा सम्पन्न भएको हो ।
हाल देखिएको आर्थीक संकट, सहकारी प्रतिको नकरात्मक असरका वावजुद पनि संस्थाले चालु आर्थिक वर्षको अर्धवार्षिक समयसम्म सन्तोषजनक प्रगती हासिल गरेको छ । सम्रग संस्थाले पौष मसान्तसम्म शेयर सदस्य वृद्धि गरि ८३ हजार ८ सय ११ जना, कुल बचत २ अर्ब ७२ करोड ९४ लाख ११ हजार ५ सय ४ रुपैयाँ, कुल ऋण लगानी २ अर्ब ३७ करोड २७ लाख ३९ हजार ५ सय ६८ रुपैयाँ पुर्याएको छ । त्यस्तै संस्थाको कुल सम्पत्ती ३ अर्ब ४७ करोड ७८ लाख ६० हजार १ सय १८ रुपैयाँ पगेको छ । पौष मसान्तसम्म संस्थाको तरलता २६.५४ प्रतिशत रहेको छ ।
संस्थाले सम्पूर्ण सेवा केन्द्रहरुमा माघ र फाल्गुण महिनामा सदस्य केन्द्रित विभिन्न किसिमका वित्तीय साक्षरता, सामाजिक कृयाकलाप, सीप मुलक तालिम लगायतका सदस्य शिक्षा, बाल सदस्य, जेष्ठ नागरिक सदस्य एव महिला सदस्य केन्द्रित ५० वटा भन्दा बढी कार्यक्रमहरु सञ्चालन गर्ने समेत सस्थाका अध्यक्ष श्रीहरि चालिसे जानकारी दिए ।
संस्थाको वित्तीय अवस्था
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार