सहकारी विभागको रजिष्ट्रारमा सुशील ढकाल
२०८२ पुष १७, बिहिबार
काठमाडौं : सहकारी विभागका नवनियुक्त रजिष्ट्रार सुशील ढकालले पदबहाली गरेका छन्। ढकाल राष्ट्रपतिको कार्यालयबाट सरुवा भई सहकारी विभाग आएका हुन्।
यसअघिका रजिष्ट्रार उमेश ढुंगानालाई गृह मन्त्रालयअन्तर्गत लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सरुवा गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ढकाललाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो।
नवनियुक्त रजिष्ट्रार ढकालले आजै पदबहाली गरेका छन्। उप–रजिष्ट्रार तथा सूचना अधिकारी शशिकुमार लम्सालका अनुसार ढकालले औपचारिक रूपमा कार्यभार सम्हालिसकेका छन्।
यसअघिका रजिष्ट्रार ढुंगानाले २०८१ चैत ४ गते सोमबार सहकारी विभागको रजिष्ट्रारका रूपमा पदबहाली गरेका थिए। उनले करिब नौ महिना विभागको नेतृत्व सम्हालेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार