२८औँ साधारण सभाको अवसरमा नवकान्तिपुर सहकारीद्वारा बृहत् रक्तदान
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै मंसिर २७ गते हिमाल हस्पिटल प्रा.लि.को सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको २८औं वार्षिक साधारण सभा अन्तर्गत एकाई-१ बैठकको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रममा रक्तदानमार्फत मानवीय सेवा र जीवन रक्षा अभियानमा योगदान पुर्याउने उद्देश्य राखिएको संस्थाले जनाएको छ।
कार्यक्रममा काठमाडौं जिल्ला अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ साथै तारकेश्वर, टोखा र बुढानिलकण्ठ क्षेत्रका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रम संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष सिटौलाले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई समाजप्रति उत्तरदायी संस्थाको रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले सहकारीको सामाजिक भूमिकालाई थप सुदृढ बनाउने बताए।
नवकान्तिपुर सहकारीले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकाससँग सम्बन्धित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार