विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने भएको छ।
संस्थाले आफ्ना सदस्य, समिति तथा उपसमिति, कर्मचारी र संस्थाको संयुक्त योगदानबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको संस्थाले जनाएको छ। संस्थाले विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा पीडा भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाका सचिव विकल्प पाठकले जानकारी दिनुभयो।
संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नेचुरल साकोसले विपत्तिको यस घडीमा सहयोग, सद्भाव र मानवीय सेवाको भावनासहित आ-आफ्नो स्थानबाट सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार