२३ कात्तिक २०८३, सोमबार

सहकारीखबर समाचार प्रभाव : कास्कूनमा उम्मेदवार हुन सेयरको सिमा हट्यो

२०७९ पुष २७, बुधबार
सहकारीखबर समाचार प्रभाव : कास्कूनमा उम्मेदवार हुन सेयरको सिमा हट्यो

काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा उम्मेदवार बन्न १००० कित्ता सेयर (रु एक लाख रुपैयाँ) को सेयर हुनुपर्ने सिमा हटेको छ ।

सहकारीखबरले पुष २५ गते (सोमबार) कास्कूनमा सिन्डिकेट : उम्मेदवार बन्न १ लाखको सेयर अनिवार्य विषयमा समाचार प्रकाशित गरेको थियो । सहकारीखबरमा समाचार आएपछि कास्कूनले सेयरको सिमा हटाएको हो । संघको निर्वाचन निर्देशिका– २०७५ मा उम्मेदवार बन्न एक लाख सेयर खरिद गरेको हुनुपर्ने व्यवस्था छ । सोही अनुरुप उम्मेदवार बन्न सदस्य संस्थाको कम्तीमा एक हजार कित्ता सेयर अनिवार्य हुनुपर्ने थियो ।

कास्कूनको १९ औं वार्षिक साधारण सभा पुष ३० गते हुँदैछ । उक्त साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । निर्वाचन उपसमितिले निर्वाचनको कार्यक्रम पुष २६ गतेदेखि ३० गतेसम्म तय गरेको छ ।

पुष २६ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, पुष २७ गते उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, छानविन र निर्णय, पुष २८ गते उम्मेदवारी फिर्ता र ३० गते निर्वाचनको कार्यक्रम तय गरेको छ ।

उम्मेदवारी मनोनयन दर्ता आज तोकिएको छ । १०ः३० देखि २ बजेसम्मको लागि मनोनय दर्ताको समय तोकिएको थियो । तर तोकिएको समयमा ३ जनाको मात्रै उम्मेदवारी परेपछि मनोनय दर्ताको समय ४ बजेसम्म राखिएको छ ।

सहकारीखबरमा प्रकाशित समाचार

कास्कूनमा सिन्डिकेट : उम्मेदवार बन्न १ लाखकाे सेयर अनिवार्य

 

अभिलेख

लोकप्रिय