२३ कात्तिक २०८३, सोमबार

कास्कूनमा सिन्डिकेट : उम्मेदवार बन्न १ लाखकाे सेयर अनिवार्य

२०७९ पुष २५, सोमबार
कास्कूनमा सिन्डिकेट : उम्मेदवार बन्न १ लाखकाे सेयर अनिवार्य

काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा उम्मेदवार बन्न १००० कित्ता सेयर (रु एक लाख रुपैयाँ) काे सेयर अनिवार्य गरेकाे छ ।

संघकाे निर्वाचन निर्देशिका- २०७५ मा उम्मेदवार बन्न एक लाख सेयर खरिद गरेकाे हुनुपर्ने व्यवस्था छ । याे व्यवस्था सहकारीको सिद्धान्त विपरीत हाे । कास्कूनले बनाएकाे याे नियम सहकारी ऐन, नियम विपरीत छ । सहकारी सिद्धान्त, ऐन, नियमभन्दा माथि कार्यविधि हुन सक्दैन । सहकारीमा १ कित्ता सेयर र लाखाैं कित्ता सेयर खरिद गरे पनि हैसियत समान हुन्छ । याे व्यवस्थाकाे व्यापक विरोध समेत भएकाे छ । सहकारीकर्मीहरुले याे व्यवस्थालाई सिन्डिकेट समेत भनेका छन् ।

कास्कूनका अध्यक्ष दीपक पनेरुले अघिल्लाे सञ्चालक समितिले निर्देशिका बनाएकाे बताए । अघिल्लो समितिले बनाएकाे कार्यविधि कार्यान्वयन मात्र गर्न खाेजिएकाे बताए ।

 

अभिलेख

लोकप्रिय