सामुदायिकको २७ औं साधारण सभाः १८% सेयर लाभांश पारित, क्यूआर भुक्तानी सेवा सुरु
काभ्रेपलाञ्चोक : पनौती–४, टौखालमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा क्यूआर भुक्तानी सेवाको शुभारम्भसहित सम्पन्न गरेको छ । साधारण सभाले सेयर सदस्यलाई १८ प्रतिशत शेयर लाभांशको प्रस्ताव समेत पारित गरेको छ ।
२०५१ साल माघ १४ गते स्थापना भई समुदायमा आधारित सदस्य केन्द्रीत वित्तीय तथा गैर वित्तीय क्रियाकलापहरु संचालन गर्दै आएको सहकारी संस्थाले काभ्रेपलान्चोक जिल्ला र काठमाडौं उपत्यकासहित चार जिल्ला कार्यक्षेत्र विस्तार गरी १४ वटा सेवा केन्द्रका सेवा प्रदान गरिरहेको छ ।
साधारण सभामा ३ अर्ब ३ करोडको पूँजी र ३१ हजार २ सय ६३ जना शेयर सदस्य रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभाकै अवसरमा संस्थाले प्रिमियर डेन्टल क्लिनिकको प्राविधि सहयोगमा असोज १६ र १७ गते निःशुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा १ सय ५२ जना ब्यक्तिहरुले सहभागी भई स्वास्थ्य उपचार लिएका थिए ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक लक्ष्मी नारायण ताम्राकारले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको कार्यक्रममा संस्थाको नविनतम सेवा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गर्नु भएको थियो । राष्ट्र बैंकको उद्देश्य अनुरुप संस्थाले डिजिटाईजेशनतर्फ सदस्यहरुलाई उन्मुख गराउँदै लगेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै विशिष्ट अतिथि ईन्द्रप्रसाद अधिकारीले शुसानलाई पालन गर्दै संस्था अब्बल बन्दै गएको बताउनुभयो । सहकारी संस्था सदस्यप्रति जिम्मेवार बन्दै प्रगती पथमा लाग्न शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै नेफस्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै सफल पहिचान बनाउन सफल संस्थाले सदस्यहरुको बिश्वास जित्न सकेकाले नै यो उपलव्धि हासिल गरेको बताउनुभयो । सेवा प्रवाहमा गुणस्तरियता कायम राख्नका लागि संस्था सदैव चनाखो हुनुपर्ने उहाँको भनाई थियो ।
संस्थाका प्रमुख सल्लाहकार एवं जिल्ला सहकारी संघ, काभ्रेका लेखा समितिका संयोजक शम्भुलाल श्रेष्ठले विगतका संघर्षका दिनहरु पार गर्दै यो चरणसम्म आईपुगेको संस्थाले सदस्य हिततर्फ सदैव सचेत रहनु बताउनुभयो । संस्थाका अध्यक्ष प्रकाश बन्जाराले ऐन, नीति, नियमको अधिनमा रही सदस्यलाई सेवा सुविधा प्रदान गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धताका जनाउनुभयो । अध्यक्ष बञ्जराले आगामी दिनमा थप प्रतिस्पर्धी र गुणस्तरिय सेवा उपलब्ध गराउने योजनासहित सभाको समापन गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष कुमारप्रसाद लामिछानेले साधारण सभामा उपस्थित सम्पूर्णमा स्वागत गर्नुभएको थियो भने सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यो पनि पढ्नुहोस्
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संस्था परिचय)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
