१४ बैशाख २०८१, शुक्रबार

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संस्था परिचय)

२० आश्विन २०७८, बुधबार
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संस्था परिचय)

पृष्ठभूमि : तत्कालिन टौखाल देवीस्थान गा.वि.स.वडा नं १ र २ का ४१ जना समाजसेवी युवाहरुको अगुवाईमा साहु महाजनको चर्को ब्याजदरबाट मुक्त गर्दै समुदायको आर्थिक तथा सामाजिक स्तर अभिबृद्धि गरी समृद्धितर्फ उन्मूख गराउने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत २०५१ साल माघ १४ गते स्थापना भई फागुन २८ गते तत्कालिन जिल्ला सहकारी कार्यालय धुलिखेलमा दर्ता भई स्थापना भएको वचत तथा ऋण सहकारी संस्था हो ।

यो संस्थाले २०७३ सालबाट काभ्रेपलाञ्चोक जिल्लाभर र २०७८ सालबाट काठमाण्डौं स्थित पलाञ्चोक भगवती साकोससँग एकीकरण गरी काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लाभर आफ्नो कार्यक्षेत्र कायम गर्न सफल भएको छ । २०७८असार मसान्तसम्ममा यस संस्थाले ८ वटा सहकारी संस्थाहरुसँग एकिकरण सम्पन्न गरेको छ । संस्थाले आधुनिक प्रविधिहरुलाई आत्मसाथ गर्दै सदस्यहरुलाई ए.टी.एम. सेवा, मोवाईल बैंकिङ सेवा लगायत क्यू आर भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।

हालसम्म संस्थाले काभ्रेपलाञ्चोक जिल्लाबाट १३ वटा कार्यालय र उपत्यकामा २ वटा कार्यालय मार्फत ३२००० भन्दा बढी सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । शुसासनलाई आत्मसाथ गर्दै ५९ वटा नीति तथा कार्यविधिहरु निर्माण गरी सहकारी ऐन, नियमावली तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गरेको यस संस्थाले गत वर्ष शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न सक्षम रहेको छ ।

परिकल्पना : “समुदायमा आधारीत एशियाली स्तरको गुणस्तरीय साकोस”

ध्येयः “समुदायको समृद्धि निर्माणका लागि उपलब्ध प्रविधिको उपयोग गर्दै वित्तीय साक्षरता, परामर्स र तालिम सहितको वचत, ऋण, विमा तथा विप्रेषण सेवा स्थानीय तहमै उपलब्ध गराउने”

कार्यक्षेत्रः काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला

 

मुख्य कार्यालय तथा सेवा केन्द्रहरुः

  • मुख्य कार्यालय
    पनौती -४, टौखाल, सम्पर्क नं.: ०११ ४४०२८६, ४४१२१६, ४४१३८२, ४४११०६
  • पनौती सेवाकेन्द्र : पनौती-६, नमोबुद्ध रोड
  • महेन्द्रज्योति सेवाकेन्द्र : बनेपा-१२, बासडोल
  • कुशादेवी सेवाकेन्द्र : पनौती-२, कुशादेवी
  • बनेपा सेवाकेन्द्र : बनेपा-७, चाँदनीचोक
  • ढुंखर्क सेवाकेन्द्र : बेथानचोक- २
  • कुन्तावेशी सेवाकेन्द्र : मण्डनदेउपुर-७
  • पाँचखाल सेवाकेन्द्र : पाँचखाल-४, तामाघाट
  • धुनिदेवी नमोबुद्ध सेवाकेन्द्र : नमोबुद्ध-२, भकुण्डेवेशी
  • मंगलटार सेवाकेन्द्र : रोशी-९
  • बल्थली सेवाकेन्द्र : पनौती-११, ख्याकु
  • पलाञ्चोक भगवती सेवाकेन्द्र : काठमाण्डौं-४, चावाहिल
  • धुलिखेल सेवाकेन्द्र : धुलिखेल-४
  • ग्रामीण स्वाबलम्बन सेवाकेन्द्र : पाँचखाल-१०, कास्कोटे
  • बानेश्वर सेवाकेन्द्र : नयाँ बानेश्वर, काठमाण्डौं

 

वस्तु तथा सेवाहरुः

५% देखी ११%सम्म ब्याजदर कायम भएका २३ प्रकारका विभिन्न शिर्षकका वचतहरु, ९% देखी १४.७५% सम्म ब्याजदरमा २१ शिर्षकहरुमा ऋण लगानी, IME, Himal, Prabhu, Western Union, Reliable, Siddhartha, Remit2Nepal, Bhatbhateni Remit कम्पनीका माध्यमबाट विभिन्न कम्पनीहरुका रेमिटेन्स सुविधा उपलब्ध, युटिलिटि विल्स पेमेन्टको सुविधा (मोवाईल रिचार्ज, ल्याण्ड लाईन टेलिफोनको बिल भुक्तानी, डिसहोमको रिचार्ज, विद्युत प्राधिकरणको विल भुक्तानी लगायत), जीवन तथा निर्जिवन विमा, स्वास्थ्य विमा, वित्तिय परामर्श तथा वित्तीय साक्षरताजस्ता सेवाहरु मुख्य कार्यालय तथा सेवा केन्द्रहरु मार्फत विहान ९ः०० बजेदेखी बेलुकी ६ः०० बजेसम्म ३६२ दिन काउन्टरका सेवाहरु सदस्यहरुलाई उपभोग गर्न सकिने सुविधा उपलब्ध गराईएको छ ।

युवा सदस्यहरुलाई आकर्षित गरी सेवा पुर्याउन ए.टी.एम. सेवा, मोवाईल बैंकिङ सुविधा, क्यू आर स्क्यान गरी भुक्तानीगर्ने सुविधा उपलब्ध गराईएकोछ । यूनियन पेए र एस.सी.टि. नेटवर्क भित्रका ए.टी.एम. मेशिनहरुबाट संस्थाका शेयर सदस्यहरुको वचत फिर्ता झिक्न सकिने सुविधाका लागि ए.टी.एम. कार्ड उपलब्ध गराउनुका साथै संस्थाकै ए.टी.एम. मेशिन मार्फत समेत शेयर सदस्यहरुलाई रकम झिक्न सक्ने सुविधा उपलब्ध गराईएको छ । संस्थाले यसैगरी कार्यक्षेत्र भित्रका विभिन्न समूदायमा शिपमूलक तथा सदस्यहरुको ब्यवसाय विकासका लागि न्यून ब्याजदरमा लगानी गरी स्वरोजगार बनाउँदै आएको छ । संस्थाले पशु धितोमा ऋण लगानी गरी पशुपालनको क्षेत्रमा समुदायलाई स्थापित गराउने प्रयास गरिरहेको छ भने किसान २ परियोजना मार्फत कृषि तथा पशुपालनको क्षेत्रमा आधुनिकता अपनाई, कृषिमा आधुनिक प्रविधिहरुको प्रयोग गरी लागत न्यूनीकरण गरी उत्पादकत्व बृद्धि गर्न काभ्रेपलाञ्चोक जिल्लाको ६ वटा पालिकाहरुमा कार्यक्रम सञ्चालन गरेको छ ।

अन्य गतिविधिहरुः

विपत् ब्यवस्थापन, राहत कार्यक्रम, सदस्य समवेदना राहत कार्यक्रम, सदस्य स्वास्थ्य सुरक्षा कार्यक्रम, नवजात शिशु तथा सुत्केरी भेटघाट कार्यक्रम तथा खुत्रुके र भोटो उपहार, सदस्य तथा सदस्यका परिवार मध्येबाट छात्रबृत्ति, उत्कृष्ट एस.ई.ई. सम्मान कार्यक्रम, जेष्ठ सदस्य सम्मान, सदस्य सहकारी शिक्षा शिविर, सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउने, सदस्यहरुलाई स्वास्थ्य विमा, जिवन तथा निर्जिवन बिमाका कार्यक्रमहरु, अस्पताल तथा भेटेनरीमा सदस्यहरुलाई छुटको ब्यवस्था, सदस्य केन्द्रित ब्यवसायमूखी तालिम तथा कार्यक्रमहरु सञ्चालन, सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमूखिकरण कार्यक्रम, सहभागितात्मक समूह परिचालन कार्यक्रम सञ्चालन गरिएको छ ।

 

मानव संसाधन :

सञ्चालक समिति : १७ जना

लेखा तथा सुपरिवेक्षण समिति : ३ जना

कर्मचारी : ९४ जना

 

वित्तिय अवस्थाः (२०७८भाद्रसम्म)

सदस्य संख्याः ३२७१४

वासलात : 3,26,50,91,602.75
शेयर पूँजी : 30,23,14,900.00

संस्थागत पूँजी : 24,51,97,361.54
बचत संकलनः 2,07,15,93,678.43

लगानीमा रहेको ऋण : 2,61,29,17,667.84

अभिलेख

लोकप्रिय