२६ वैशाख २०८३, शनिवार

मनकारी मेगा ड्रिम सहकारी

२०७७ वैशाख २३, मङ्गलबार
मनकारी मेगा ड्रिम सहकारी

काठमाडौं, २३ बैशाख

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही अनुरुप संस्थाको चाबहिल सेवा केन्द्रले आज ५० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

संस्थामा आवद्ध अतिविपन्न सदस्यहरु र गैर सदस्यहलाई संस्थाले दाल, तेल, नुन, चामल र मस्यौरा लगायतका खाद्य सामग्री वितरण गरिएको चाबहिल सेवा केन्द्र प्रमुख पुरन कुँवर जानकारी दिनुभयो ।

प्रत्येक परिवारलाई साढे १२ केजी मसिनो चामल, १ केजी दाल, १ लिटर तेल, एक पाकेट नुन र १ पाकेट मस्यौरा दिइएको हो । उक्त राहतबाट ५० परिवारका १५० भन्दा बढि व्यक्ति लाभान्वित भएको कुँवरले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका–७ का अध्यक्ष शुद्धकुमार डंगोलको संयोजकत्वमा राहत वितरण गरिएको हो । संस्थाले लकडाउनका कारण प्रभावित भएका त्यस क्षेत्रमा बसोवास गर्ने अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने वर्गलाई भोकमरीबाट बचाउन खाद्यान्न उपलब्ध गराइ सराहनीय योगदान पु¥याएकोमा अध्यक्ष डंगोलले धन्यवाद दिनुभयो ।

यस अघि सानोठिमीको मगरगाउँमा बसोबास गर्ने दृष्टिविहीन र अशक्त व्यक्तिहरुलाई पनि संस्थाले राहत वितरण गरेको थियो ।

 

यो पनि पढ्नुहोस्

दृष्टिविहीन तथा शारिरिक रुपमा असक्त परिवारलाई मेगा ड्रिम सहकारीको सहयोग

कोरोना नियन्त्रण सहकारी केन्द्रलाई मेगा ड्रिमको सहयोग

मेगा ड्रिम सहकारी जोखिम विश्लेषण गर्दै

सदस्यको सेवामा मेगा ड्रिम, कार्यालय खुला गरेर सेवा प्रवाह

आविस्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई मेगा ड्रिम सहकारीको आर्थिक सहयोग

अभिलेख

लोकप्रिय