कोरोना नियन्त्रण सहकारी केन्द्रलाई मेगा ड्रिमको सहयोग
काठमाडौं, १२ बैशाख
राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सुरु भएको कोरोना सहकारी नियन्त्रण केन्द्रलाई मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गरेको छ ।
उक्त कोरोना नियन्त्रण केन्द्रलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय सञ्चालक समितिले गरेको संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिनुभयो ।
चैत २० गते (६३ औं राष्ट्रिय सहकारी दिवस) का दिन नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सञ्चालन गरेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा उक्त सेन्टर स्थापना गरिएको हो । राष्ट्रिय सहकारी कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको थियो ।
सहकारी क्षेत्रबाट भएको महत्वपूर्ण कामलाई संस्थाको तर्फबाट केही रकम सहयोग गरेको रेग्मीले बताउनुभयो । सहकारी क्षेत्रबाट भएको यो काम उदाहरणीय समेत रहेको रेग्मीको भनाई छ ।
चैत २० गते राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, सहकारी बैंक र विभिन्न संघ/संस्थाबाट २५ लाख रुपैयाँ जम्मा गरेको उक्त कोरोना केन्द्रको स्थापना भएको थियो ।
सहकारी मन्त्री मद्माकुमारी अर्यालले उक्त केन्द्रको शुभारम्भ गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार