२ कात्तिक २०८३, आईतवार

सदस्यको सेवामा मेगा ड्रिम, कार्यालय खुला गरेर सेवा प्रवाह

२०७६ चैत २६, बुधबार
सदस्यको सेवामा मेगा ड्रिम, कार्यालय खुला गरेर सेवा प्रवाह

काठमाडौं, २६ चैत

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय खुला भएको छ । चैत ११ गतेदेखि लकडाउनका कारण बन्द रहेको कार्यालय आजबाट खुलेको हो ।

संस्थाको मुख्य कार्यालय बिहान ११ बजेदेखि १ बजेसम्म खोली सदस्यलाई सेवा प्रवाह गर्न थालिएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक महाशंकर रेग्मीले जानकारी दिनुभयो ।  संस्था सदस्यप्रति सधै सँगै रहेको र विपत्तमा पनि निरन्तर सेवा प्रवाह गरीरहेको प्रमुख रेग्मीले बताउनुभयो ।

आज संस्थाको मुख्य कार्यालयबाट १३ जना सदस्यले आर्थिक कारोबार गरेको प्रमुख रेग्मीले बताउनुभयो ।

संस्थाले यस अघि सम्पर्क व्यक्ति तोकी सदस्यलाई सेवा प्रदान गर्दै आएको थियो । संस्थाले ६ जना सम्पर्क व्यक्ति तोकी दैनि उपभोग्य वस्तु, आर्थिक सहजता र खर्चका लागि सिमित रकम उपलब्ध गराउँदै आएको थियो ।

मुख्य कार्यालयबाट पायक पर्ने सदस्यले संस्थामै गएर कारोबार गर्न सकिने र असहता हुने सदस्यले सम्पर्क व्यक्तिमार्फत कारोबार गर्न सकिने संस्थाले जनाएको छ ।

संस्थाले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिएको छ । संस्थाका सदस्यले घरमै बसेर मोबाइल बैंकिङ्ग सेवा लिन सकिने व्यवस्था समेत मिलाएको छ ।

 

अभिलेख

लोकप्रिय