एकीकृत फ्रेन्डसिप सहकारीमा सीईओ माग, पाँच वर्ष अनुभव अनिवार्य
काठमाडौं : एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
सीईओ रामकृष्ण रायक्षेत्रीले केही महिनाअघि संस्था छाडेका थिए। संस्थाले सार्वजनिक सूचना जारी गर्दै योग्य तथा अनुभवी नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
संस्थाका अनुसार उक्त पदका लागि वाणिज्य वा अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सहकारी संघसंस्थामा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । त्यस्तै, प्रस्तावना लेखन, व्यवसायिक तथा सञ्चालन योजना निर्माण, संस्थागत नीति निर्माण र संस्थागत गतिविधिहरू व्यवस्थित रूपमा प्रस्तुत गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
आवेदन दिने पुरुष उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अर्थात् २०८३ पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन शुल्क निःशुल्क रहेको छ । उम्मेदवारले संस्थाको सम्बन्धित कार्यालयमा वा vacancy.ekikritfriendship@gmail.com इमेलमार्फत आवेदन पठाउन सक्नेछन् । इमेलबाट आवेदन पठाउँदा आवेदककै इमेलबाट प्राप्त आवेदनलाई मात्र मान्यता दिइने संस्थाले जनाएको छ ।
आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा तालिम वा अनुभवसम्बन्धी प्रमाणपत्र संलग्न गर्नुपर्नेछ । उम्मेदवार छनोटका लागि अन्तर्वार्ता, प्रयोगात्मक परीक्षा तथा प्रस्तुतीकरण विधि अपनाइने संस्थाले जनाएको छ ।
पारिश्रमिक तथा सुविधा आपसी समझदारीमा निर्धारण गरिने सूचनामा उल्लेख छ ।
थप जानकारीका लागि संस्थाको फोन नम्बर ०४९–४०००४४ मा सम्पर्क गर्न सकिनेछ । दोलखाको जिरी नगरपालिका–५ मा रहेको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
एकीकृत फ्रेन्डसिप सहकारीमा सीईओ माग, पाँच वर्ष अनुभव अनिवार्य
१३ मंसिर २०८३, शनिबार
नवकान्तिपुर साकोसमा संस्थागत सुशासन र नियामकीय मापदण्ड पालनासम्बन्धी अभिमुखीकरण
१३ मंसिर २०८३, शनिबार
सदस्यका उत्पादनलाई डिजिटल बजारमा जोड्दै सेवा शुभारम्भ, आई स्मार्टमा ‘डिजिटल हाटबजार’
१२ मंसिर २०८३, शुक्रबार
