सहकारीका सदस्यलाई खुसीको खबरः सहकारीको ब्याजदर अधिकतम् १६ %
काठमाडौं, १७ साउन ।
अब सहकारी संस्थाहरुले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएको छ ।

सहकारी ऐन–२०७४ अनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिले १६ प्रतिशतभन्दा बढी लिन नपाउने निर्णय गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम् १६ प्रतिशत सिलिङ निर्धारण गरेको स्रोतको भनाई छ । तर, समितिका सदस्य मिनराज कडेलले भने सहमती नजिक पुगेको तर निर्णय भैनसकेको प्रतिक्रिया दिए ।
‘बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम् १६ प्रतिशत निर्धारण गर्नेमा सहमतीको नजिक नजिक पुगेका छौं’, उनले भने, ‘आज (शुक्रबार) एक बजे पत्रकार सम्मेलनको आयोजना गरेका छौं । त्यसभन्दा अघि समितिको बैठक बसी निर्धारण गर्ने छौं ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार