मकवानपुरका १७ सहकारी खारेजी प्रक्रियामा
मकवानपुर, १ फागुन । डिभिजन सहकारी कार्यालय मकवानपुरले १७ निष्कृय सहकारी संस्थाको दर्ता खारेजी प्रक्रियामा लगेको छ ।
विभिन्न उद्देश्य राखी दर्ता रहेका संस्थाहरुले विगत २ बर्ष वा सो भन्दा अगाडी देखि नियमित रुपमा गर्नु पर्ने वार्षिक लेखा परिक्षण नगरेको, बार्षिक रुपमा साधारण सभा सम्पन्न नगरेको, कार्यालयमा नियमित रुपमा पेश गर्नुपर्ने प्रगती विवरण पेश नगरेको तथा निरीक्षणका सिलसिलामा संस्थाले तोकेको ठेगानामा जा“दा समेत फेला नपरेकोले खारेजी प्रक्रियामा लगिएको कार्यालयले जनाएको छ । सुचना प्रकाशित गरी कार्यालयले ३५ दिन भित्र संचालन गर्न एंव विवरण पेश गर्न नसक्नुको उचित कारण भए कारण सहित कार्यालयमा पेश आग्रह गरेको छ ।
३५ दिन भित्र सम्पर्कमा नआए सहकारी ऐन २०४८ को दफा ४१ (३) बमोजिम दर्ता खारेज गरीने जनाएको छ । खारेजी प्रक्रियामा रहेको सहकारीहरुमा चित्ला¨ दुग्ध उत्पादक संहकारी, नवज्योति दुग्ध उत्पादक सहकारी, नव दुर्गा घट्टधनी बचत तथा ऋण सहकारी, स्यार्सेकालिका उपभोतmा सहकारी, हर्नामाडी घास तथा घास विउ विकास सहकारी, जनभावना महिला वतच तथा ऋण सहकारी, मोतिपुर जलसंपदा सदुपयोग सहकारी रहेका छन् । त्यसैगरी मोतिपुर जलसंपदा सदुपयोग सहकारी, जनउत्थान वचत तथा ऋण सहकारी, एकता कृषि उत्पादक सहकारी, जागृति कृषि उत्पादक सहकारी, शतmी कृषि उत्पादक सहकारी, एकिकृत कृषि उत्पादक सहकारी, सगरमाथा व.उ.सहकारी, त्रिवेणी व.उ. सहकारी, कुण्डलदेवी व.उ.सहकारी, दिलज्योति वचत तथा ऋण सहकारी, अनमोल वचत तथा ऋण सहकारी रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार