नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा एकराज उप्रेती
काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघ लि। को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा पूर्ण शर्मा, महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सचिवमा चिरन्जिवी केसी निर्वाचित हुनुभएको छ ।
यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने व्यवस्था अनुसार बागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण बाबु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित हुनुभएको थियो ।
यसैगरी प्रदेशको प्रतिनिधित्व अन्तर्गत कोशी, मधेस र कर्णालीमा निर्वाचन भएको थियो । कोशीबाट इन्दिरा निरौला ४५ मतसहित विजयी हुनुभएको छ । प्रतिद्धन्दी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मतसहित विजयी हुनुभयो । मधेस प्रदेशका अन्य उम्मेदवार राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी कर्णाली प्रदेशमा २८ मतका साथ धर्मराज थापा निर्वाचित हुनुभयो । उहाँका प्रतिद्धन्दी चाँदनी ढकालले २६ मत प्राप्त गर्नुभएको थियो । यसैगरी खुल्ला सञ्चालकमा चिरञ्जीवी के।सी। ३७७, सुखदेव न्यौपाने ३६२, हरी बहादुर बस्नेत ३३५, हरी बहादुर अधिकारी ३२५ मत प्राप्त गरि विजयी हुनुभयो । अन्य उम्मेद्धवार सुमन नेपाल २२१ र नारायण प्रसाद खनालले २४१ मतप्राप्त गर्नुभएको थियो ।
यसैगरी महिला सञ्चालकमा गीता केसी ४१५, मीना कुमारी ढकाल ४०१, देवकी कुमारी भण्डारी ३२३ र गोमा देवी आचार्य २५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उहाँका प्रस्प्रिर्धी झुपा पाण्डेले २१३, नयन कला खड्काले १२० र कमला कुमारी रिमालले १५६ मत प्राप्त गर्नुभयो ।
४ वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो ।
केन्द्रीय संघको सञ्जालमा अहिले १ हजार १ सय ५१ सदस्य छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्य किसानहरुलाइ सेवा प्रवाह गर्दै आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार