डिजिटल कारोबारमा सक्रिय सदस्यलाई सुयोग्य साकोसको प्रोत्साहन
काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले डिजिटल माध्यममार्फत नियमित तथा अधिकतम कारोबार गर्ने सदस्यहरूलाई प्रोत्साहन गरेको छ। संस्थाद्वारा आयोजित वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रममा सदस्य अमृतमाया तामाङ र श्याम खड्कालाई नगद बराबरको एक हजार रुपैयाँको रिचार्ज कार्ड, प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिएको हो।

संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक देउप्रसाद लिम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले संस्थाको संक्षिप्त परिचय तथा डिजिटल सेवाको प्रयोगबारे जानकारी गराउनुभएको थियो।

सूचना तथा प्रविधि सहायक साप्चुहाङ तुम्बाहाम्फेले डिजिटल सेवा सुरुमा अप्ठ्यारो देखिए पनि अभ्याससँगै सहज हुने बताउँदै सदस्य अमृतमाया तामाङको उदाहरण प्रस्तुत गर्नुभयो।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार चित्रा कुमारी थाम्सुहांग सुव्वाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता विषयमा प्रशिक्षण दिनुभएको थियो। वित्तीय योजना, बचत, लगानीबारे व्यावहारिक प्रस्तुति दिर्दैं सुव्वाले वित्तीय सेवा प्रदायक संस्था छनौटमा समुदायमा आधारित सहकारी संस्था मात्र छनौटका लागि सचेत गराउनुभयो ।
सहकारी संस्थाका समिति उपसमिति कर्मचारीहरुले मात्र नभई सदस्यले पनि सहकारीका नैतिक मूल्य अनुरुप आफ्नो जीवनशैली अपनाउनुपर्ने भन्दै सुयोग्यलाई अझ सुयोग्य बनाउन सदस्यहरु समेत सुयोग्य हुनुपर्ने कुरामा सदस्यहरुको ध्यानकेन्द्रित गराउनुभएको थियो ।
संस्थाका संचालकहरु खुसमाया श्रेष्ठ, श्रीचन्द्र तण्डुकार र भगिमाया थाम्सुहांग समेतको सहभागिता रहेको उक्त कार्यक्रममा करिब १५० जना सदस्यहरुको सक्रिय सहभागिता थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार