साकोस शिखर गोष्ठीको सम्पूर्ण तयारी पूरा
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा आयोजना गर्न लागेको ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी- २०८२ को सम्पूर्ण तयारी पूरा गरेको छ।
गोष्ठी भोली र पर्सी (पौष ३ र ४ गते) हेरिटेज गार्डेन, सानेपा हाइट, ललितपुरमा आयोजना हुनेछ। नेफ्स्कूनका अनुसार भोली (पौष ३ गते) बिहान ठीक ८ बजे औपचारिक उद्घाटन हुने कार्यक्रमका लागि कार्यपत्र प्रस्तुतीकरण गर्ने विषयविज्ञ चयनदेखि सहभागी व्यवस्थापन, कार्यक्रम सञ्चालन र जिम्मेवारी बाँडफाँडसम्मका सबै तयारी सम्पन्न भइसकेका छन्।
कार्यक्रमको तयारीबारे जानकारी दिँदै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारी क्षेत्रको आर्थिक सबलीकरण, उत्तरदायित्व, संस्थागत सुदृढीकरण, मूल्याङ्कन तथा जोखिम व्यवस्थापनसम्बन्धी प्रावधानहरूले सहकारीको पारदर्शिता, जवाफदेहिता र बचतकर्ताको बचत सुरक्षामा नयाँ दिशानिर्देश दिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार साकोस अभियानलाई दिगो र नियमन–अनुकूल बनाउन शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेल्नेछ। गोष्ठीमा ६ वटा विषयहरुमा सामूहिक छलफल हुनेछ । गोष्ठीमा नियामकीय मार्गचित्रः साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौति र अवसर, सम्पती शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालना, Shifting leadership for rekindling cooperative values and principles, वित्तीय सहकारीको स्वःनियामकीय अभ्यासः चुनौती तथा आगामी मार्गचित्र विश्वव्यापी दृष्टिकोण तथा नेपालमा यसको सम्भावना, वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालनः वर्तमान प्रवृत्ति र आगामी मार्गदिशा विषयमा छलफल हुनेछ।
गोष्ठीमा नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधि, सहकारी तथा आर्थिक पत्रकार, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ तथा अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ। देशभरबाट करिब ७ सय जना प्रतिनिधि सहभागी हुने नेफ्स्कूनले जनाएको छ।
विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानमार्फत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्न क्रियाशील नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरूको राष्ट्रव्यापी केन्द्रीय प्रतिनिधि संस्था हो।
संघअन्तर्गत ७७ जिल्लाका ४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था, ५५ जिल्ला संघ, ४ प्रादेशिक संघ तथा करिब ५९ लाख व्यक्तिगत सदस्य आबद्ध छन्।
स्थापना कालदेखि नै नेफ्स्कून विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग आबद्ध रहँदै आएको छ। साथै, दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूसँग सहकार्य गर्दै विकसित साकोस समाधानहरूको प्रवर्द्धन र कार्यान्वयनमार्फत संस्थागत विकास कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
बचत तथा ऋण सहकारीहरूको विषयगत केन्द्रीय संघका रूपमा नेफ्स्कूनले सहकारी अभियानको पक्षमा वकालत, संस्थागत विकास, वित्तीय सहजीकरण, प्रविधि विकास तथा विस्तार, तालिम–शिक्षा प्रदान र अन्तर्राष्ट्रिय अभ्यासमार्फत सुशासन प्रवर्द्धनलाई आफ्नो रणनीतिक मार्गदर्शनका रूपमा अघि बढाउँदै आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार