शुभप्रवा सहकारीको १४औं साधारण सभा सम्पन्न, ५४.७४ प्रतिशतले बढ्यो सञ्चालन मुनाफा
काठमाडौं : प्रधान कार्यालय चावहिल र सदस्य सेवा केन्द्र न्यूरोडमा रहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्व एवं पूर्व अर्थमन्त्री डा युवराज खतिवडाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रमख कार्यकारी निर्देशकको प्रतिवेदन फडिन्द्र कुमार खड्काले प्रस्तुत गरेका थिए । त्यस्तै लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सुन्दर खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले सदस्यहरुको साथ, सहयोग, माया र विश्वासले संस्थाको वित्तीय सुचांकहरुलाई थप मजबुद बनाउन संस्था सफल भएको बताए । संस्थाको वित्तीय कारोबारलाई वृद्धिभन्दा गुणात्मक विकास गरी आन्तरिक व्यवस्थाहरुलाई मजबुद बनाउँदै गलिएको बताए ।
आर्थिक वर्ष २०७९/८०मा संस्थाको सेयर पुँजी ८ करोड ९३ लाख ५४ हजार कायम भएको खड्काले बताए । अघिल्लो वर्ष संस्थाको सेयर पुँजी ८ करोढ ८७ लाख थियो ।
त्यस्तै आर्थिक वर्ष २०७९/८०मा संस्थाले निक्षेप संकलन ४८ करोड ८९ लाख ९६ हजार, कर्जा लगानी ५४ करोड ६६ लाख, कुल आम्दानी ११ करोड ३१ लाख र कुल खर्च १० करोड २९ लाख रुपैयाँ रहेको छ । संस्थाले यस आवमा १ करोड ६६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा अघिल्लो वर्षको तुलनामा ५४.७४ प्रतिशतले बढी हो । संस्थाको कुल सम्पत्ती तथा दायित्व ७४ करोड २५ लाख ९४ हजार रुपैयाँ रहेको छ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन उपर छलफलगरी पारित गरेको छ ।
‘सन्दर्भ ब्याजदरले सहकारीलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न समस्या भयो’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
