‘सन्दर्भ ब्याजदरले सहकारीलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न समस्या भयो’

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सन्दर्भ ब्याजदरको सिलिङले सहकारीलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको बताएका छन् । ‘वित्तीय प्रणालीमा ८० प्रतिशत माथि कारोबार गर्ने अरु संस्था छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर १३/१४ सम्म पुर्याए भने ऋणमा १७ प्रतिशतसम्म ब्याज लिए’, उनले भने, ‘सहकारीलाई भने सन्दर्भ ब्याजदरको नाममा सिलिङ लगाएर १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन दिएन । यसले पनि सहकारीलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न समस्या भयो ।’
पूर्व अर्थमन्त्री समेत रहेका खतिवडाले सरकारका शासनिक निर्णय र घर जग्गा कारोबार लगानी गर्ने प्रतिस्पर्धाले सहकारीलाई समस्यामा पारेको उनले प्रष्ट पारे । उनले थपे, ‘चालु पुँजी कर्जा, ओभर डाफ्ट्र वा सफट् लोन जे नामको ऋण भने पनि घर जग्गामा नै लगानी भयो । सहकारीले पनि त्यस क्षेत्रमा नै लगानी गरे । सरकारले घर जग्गाको वर्गीकरण सुरु गर्यो । वर्गीकरण नभई कित्ता काट भएन । कित्ताकाट नभए पछि कारोवार भएन । यसले ऋण असुलीमा प्रभाव पार्यो ।’ बचत पनि आईरहन्छ र लगानी चलिरहन्छ भन्ने हिसावले सहकारीले ती क्षेत्रमा लगानी गरे, तर त्यो मान्यताले सधै काम नगर्ने उनले प्रष्ट पारे । त्यसैले सहकारीले जगेडा कोष, पर्याप्त तरलता र लोन प्रोभिजन गर्दै जानु पर्ने उनको भनाई छ ।
काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘सहकारीको मूल्य मान्यताको परिपालना गरेर सञ्चालन भए सहकारीमा समस्या आउँदैन ।’ सहकारी वित्त बजारको पेटीमा हिँडिरहेको भए पनि अर्काको कारणले कतिपय सहकारी संस्था दुर्घटनामा परेको खतिवडाको भनाई छ ।
सदस्यको सक्रियता रहयो भने सहकारी संस्था सुरक्षित रहने उनले बताए । सहकारीमा बचतको बीमा नभएको र निक्षेप तथा कर्जा सुरक्षणको व्यवस्था नभएकाले सदस्यले नै बचतको सुरक्षण गर्नु पर्ने उनको भनाई छ । ‘जुन संस्थामा सदस्य सक्रिय छैनन्, सदस्यबीच एकआपसमा चिनजान छैन र सञ्चालक, कर्मचारी र सदस्य चिन्दैनन् तीनै संस्था समस्यामा पर्ने हो’, उनले भने । निश्चित भौगोलिक क्षेत्र र सदस्य बीच कारोबार नगर्ने सहकारी समस्यामा पर्ने गरेको भन्दै गभर्नर खतिवडाले त्यस्ता सहकारीमा कारोबार नगर्न आग्रह गरे ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार