१८ वैशाख २०८३, शुक्रबार

मेगा ड्रिमका सदस्य र कर्मचारीको कोरोना बिमा

२०७७ जेठ २१, बुधबार
मेगा ड्रिमका सदस्य र कर्मचारीको कोरोना बिमा

काठमाडौं, २१ जेठ

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य र कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ ।

कोरोना भाईरसको जोखिम बढेसँगै संस्थाले नियमित बचत गर्ने सदस्यहरु र कर्मचारीहरुको कोरोना बिमा गरिदिएको हो । त्यस्तै संस्थाले ल्याएको आकस्मिक बचत योजनामा सहभागी हुने सदस्यहरुको समेत बिमा संस्थाले गरिदिनेछ ।

त्यस्तै कोरोना बिमा गराउन इच्छुक सदस्यहरुको लागि संस्थाको सहजिकरणमा बिमा गर्न सकिने संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाले ब्याज रकममा समेत छुट दिने निर्णय गरेको छ । असार मसान्त सम्ममा व्याज तिर्ने सदस्यहरुको लागि १० प्रतिशत छुट दिने निर्णय संस्थाले गरेको छ ।

लकडाउनु सुरु भएदेखि नै संस्थाले आफ्नो सेवालाई निरन्तरता दिदै आएको छ । संस्थाले हाल कार्यालयबाट र घरदैलो सेवा दुबै प्रदान गर्दै आएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समेत विभिन्न कार्य गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

मेगा ड्रिमले सुरु गर्यो रियल टाईम बैंक ट्रान्सफर सेवा

दृष्टिविहीन तथा शारिरिक रुपमा असक्त परिवारलाई मेगा ड्रिम सहकारीको सहयोग

कोरोना नियन्त्रण सहकारी केन्द्रलाई मेगा ड्रिमको सहयोग

मेगा ड्रिम सहकारी जोखिम विश्लेषण गर्दै

सदस्यको सेवामा मेगा ड्रिम, कार्यालय खुला गरेर सेवा प्रवाह

आविस्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई मेगा ड्रिम सहकारीको आर्थिक सहयोग

अभिलेख

लोकप्रिय