साकोस स्थिरीकरण कोष स्थापना हुँदै, कोषमा सहभागी हुन के गर्ने ?
काठमाडौं, १० मंसिर
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि–२०७६ स्वीकृत भएको छ ।

भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त कार्यविधि स्वीकृत गरी कार्यान्वयनका लागि नेफ्स्कून पठाएको छ । मंसिर ५ गतेको मन्त्रीस्तरिय निर्णयबाट उक्त कार्यविधि स्वीकृत भएको हो ।
मन्त्रालयबाट स्वीकृत कार्यविधिमा कोषमा सहभागी हुन आबद्ध सदस्य संस्थाहरु कम्तिमा पाँच आर्थिक बर्ष कार्यसञ्चालन गरी बार्षिक लेखापरीक्षण सम्पन्न गरेको, अघिल्ला दुई बर्षको बार्षिक साधारणसभा तोकिएको समयमा सम्पन्न गरेको, कर्जा वर्गीकरण गरी आवश्यक कर्जा नोक्सानी व्यवस्था गरेको हुनुपर्नेछ । त्यस्तै कुल सम्पत्तिको न्यूनतम पाँच प्रतिशत संस्थागत पूँजी रहेको, अघिल्ला दुई आर्थिक बर्षहरुमा घाटामा नगएको तथा सञ्चित घाटा नभएको, मन्त्रालयबाट स्वीकृत एकीकृत मापदण्डबाट उच्च जोखिममा नरहेको हुनुपर्ने व्यवस्था गरेको छ ।
स्थिरीकरण कोष सञ्चालनका लागि गठित सञ्चालन समितिका पदाधिकारीहरुमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत, सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिहरु र सदस्य सचिवमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार