१५ भदौ २०८३, सोमबार

श्री लालीगुराँसको मुनाफा १६ करोड ३८ लाख, सरकारलाई बुझायो ५ करोड २२ लाख

२०७६ मंसिर ७, शनिवार
श्री लालीगुराँसको मुनाफा १६ करोड ३८ लाख, सरकारलाई बुझायो ५ करोड २२ लाख

काठमाडौं, ७ मंसिर

ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारलाई ५ करोड २२ लाख ५९ हजार ३ सय ६ रुपैयाँ राजश्व बुझाएको छ ।

संस्थाले ब्याज करतर्फ २ करोड ९४ लाख ७३ हजार ८ सय ६८ रुपैयाँ र खुद मुनाफाबाट १ करोड ५३ लाख ४१ हजार ७ सय ८८ रुपैयाँसहित उक्त राजश्व नेपाल सरकारलाई बुझाएको हो ।

शनिबार भएको २० औं साधारणसभामा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सरकारलाई राजश्वमा गरेको योगदान देशकै उत्कृष्ठ संस्था भएको बताए । श्री लालीगुराँस देशकै उत्कृष्ठ सहकारी बनाउन सदस्यहरुको योगदानको प्रसंसा गरे । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा १६ करोड ३८ लाख ४० हजार ९ सय ८६ रुपैया मुनाफा आर्जन गरेको भण्डारीले बताए । संस्थाको यो मुनाफा गत आर्थिक वर्ष २०७४/०७५ भन्दा २४.९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा संस्थाले १५ करोड ५४ लाख ९५ हजार ५ सय ६२ रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

संस्थाको कुल सम्पत्ति ६ अर्ब ४७ करोड एक लाख ३४ हजार रहेको छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ३५ करोड २ लाख ३० हजार निक्षेप संकलन गरी ४ अर्ब १८ करोड ६९ लाख २८ हजार ७ सय १६ रुपैयाँ कर्जा लगानी गरेको थियो । संस्थाको चुक्ता पुँजी ४८ करोड ८१ लाख ७० हजार ९ सय रुपैयाँ रहेको छ ।

अभिलेख

लोकप्रिय