१५ भदौ २०८३, सोमबार

श्री लालीगुँरास सहकारीको २० औं साधारणसभा सम्पन्न

२०७६ मंसिर ७, शनिवार
श्री लालीगुँरास सहकारीको २० औं साधारणसभा सम्पन्न

ललितपुर, ७ मंसिर ।

ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पुर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । भट्टराईले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारी क्षेत्रमा श्री लालीगुराँस सहकारीले गरेको योगदानको कदर गरेका थिए । उनले सकाकारले सहरकारीको योगदानको विषयलाई बिर्सन नहुने उल्लेख गरे ।

कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले आव ०७५/०७६ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा मेत अग्रणी स्थान लिन सफल रहेको उनको थियो । संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३५हजार सहकारी मध्ये श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए । सहकारीमार्फत देशको आर्थिक विकास गर्नको लागि सहकारी मैत्री कानून निर्माण गरिनुपर्नेमा जोड दिए ।

संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको, ३६ जिल्लामा सदस्य सुविधा संचालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

फागुन महिनासम्म संचालनमा ल्याउने तयारीसहित ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योगको निर्माण कार्य भैरहेको जानकारी गराइयो । सस्थाले गरेको योगदानको कदर गर्दै गतवर्ष प्रदेश ३ बाट उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरिसकेको छ ।

संस्थाले शेयर सदस्यको माग अनुसार सुविधा दिन ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ । यो वर्ष भित्र काठमाडौंको नयाँ बजार, र महाराजगंज, भक्तपुरको सुर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा,गोरखाको सिरानचोक र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

कार्यक्रममा पुर्व मन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक वालकृण खाँड, पुर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी संस्थाले नेपालको आर्थिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पुर्व सदस्य जनकराज शाह, संविधान सभा सदस्य, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवं अन्तराष्ट्रिय सहकारी महासंघका संचालक ओमदेवी मल्लले संस्थाले सहकारी क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

अभिलेख

लोकप्रिय