सहकारी विभाग प्रमुखको सरुवा, ढकाल प्रशासन विभाग नियुक्त
२०७६ मंसिर ३, मङ्गलबार
काठमाडौं, ३ मंसिर

काठमाडौँ महानगरको प्रशासन विभाग प्रमुखमा नमराज ढकाल नियुक्त भएका छन् । सहकारी विभाग प्रमुख रहेका ढकाललाई प्रशासन विभागको जिम्मेवारी दिइएको हो ।
प्रशासन विभागलाई सबैभन्दा शक्तिशाली विभागका रुपमा लिइन्छ । विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि लामो समय ढकालले शाक्यको सचिवालय प्रमुखको जिम्मेवारीमा रहेर सहप्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।
शिक्षा, सहकारीलगायत पनि स्थानीय सरकारकै मातहतमा रहने भएपछि ढकाललाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो ।
महानगरकै विभिन्न विभागमा रहेर लामो समय काम गरेका ढकालले वित्तीय प्रशासन , दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने, अर्थशास्त्रमै एमफिल र कानुनमा स्नातक गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार