१५ भदौ २०८३, सोमबार

सहकारी संघ काठमाडौं निर्वाचनः अध्यक्षमा ज्ञान र उपाध्यक्षमा खेम, कांग्रेसलाई संकट

२०७६ कात्तिक २९, शुक्रबार
सहकारी संघ काठमाडौं निर्वाचनः  अध्यक्षमा ज्ञान र उपाध्यक्षमा खेम, कांग्रेसलाई संकट

काठमाडौं, २८ कात्तिक

जिल्ला सहकारी संघ, काठमाडौंको साधारणसभाको मिति तय नहुँदै चुनावी माहोल सुरु भएको छ ।

आगामी नेतृत्वका लागि सहकारीकर्मीहरु छलफल र राजनीतिक लबिङमा जुटिसकेका छन् । जिल्ला संघको आगामी बैठकले साधारणसभाको मिति पुस २५ र २६तोक्दै छ ।

नेकपा समर्थिक सहकारीकर्मीहरुले पटक पटक छलफल गरिसकेका छन् । बुधबार एक कार्यक्रमको बीच पार्टीका नेताहरु बीच नै छलफल गरेको थियो । त्यस्तै कांग्रेस निकट सहकारीकर्मीहरुले पनि निर्वाचनका विषयमा छलफल गरिसकेको छ ।

नेकपा समर्थिक सहकारीकर्मीले अध्यक्ष र उपाध्यक्षको करिब करिब टुंगो लगाई सकेका छन् ।

वर्तमान उपाध्यक्ष ज्ञानबहादुर तामाङ अध्यक्ष र वर्तमान महासचिव खेमराज सुवेदी उपाध्यक्ष बन्ने सहमती भैसकेको छ । अन्य राजनीतिक दल निकटका सहकारीकर्मीहरुलाई पनि समेटेर लैजाने भन्दै अन्य पदमा टुंगो लगाईसकेको छैन ।

कांग्रेसलाई संकट

जिल्ला संघमा नेकपा समर्थिक सहकारीकर्मीहरुको पकड भएपछि कांग्रेस संकटमा परेको छ । छुट्टै प्यानल बनाएर जाँदा एक सिट पनि प्राप्त नगर्ने भन्दै मिलेर जानुको विकल्प नरहेको बैठकमै कुरा उठेको थियो ।

अध्यक्ष बन्ने उम्मेदवार समेत नभएको भन्दै मिलेर नै जानुपर्ने निष्कर्श कांग्रेस समर्थित सहकारीकर्मीले गरेका छन् । महासचिव र अर्को एक पदाधिकारी महिला उपाध्यक्ष वा कोषाध्यक्ष आफूहरुलाई दिन कांग्रेसले माग गरेको छ । महासचिव आफूहरुले पाएको अवस्थामा वर्तमान कोषाध्यक्ष मनोज भण्डारीलाई बनाउने तयारी कांग्रेसले गरेको छ । नेकपासँग मिलेर जाँदा कति सिट दिन्छ सोही अनुसार उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ ।

अभिलेख

लोकप्रिय