सहकारीलाई व्यवस्थित बनाउने अर्को नयाँ नियम, वित्तीय प्रतिवेदन प्रारूपु लागू, यस्तो छ प्रतिवेदन बनाउने नयाँ विधि (पूर्णपाठसहित)
काठमाडौं, २७ कात्तिक
सहकारी संस्थाको वित्तीय विवरणको प्रस्तुति, लेखा पद्धति, तथा अन्य विवरणहरुको एकरुपताका लागि ‘सहकारी संस्थाका लागि वित्तीय प्रतिवेदन प्रारुप’ लागू भएको छ । सहकारी मन्त्रालयले कात्तिक १८ गते उक्त प्रारुप स्वीकृत गरेपछि सबै सहकारी संस्थामा कार्यान्वयनमा आएको हो । मन्त्रालयले कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
मन्त्रालयले सहकारी विभाग, सबै प्रदेशका मन्त्रालय, स्थानीय तह, राष्ट्रिय सहकारी महासंघ, र अन्य विषयगत संघहरुलाई नयाँ व्यवस्था कार्यान्वयन गर्न गराउन निर्देशन दिइएको हो ।
लेखा नीति, चार्ट अफ अकाउन्ट र लेखा प्रारूपको कार्यान्वयनको माध्यमबाट नेपालमा सहकारी क्षेत्रको सुशासनलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यले यस्ता व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ ।
अब हरेक सहकारी संस्थाले हरेक वर्ष यस्तो पूर्ण वित्तीय विवरण तयार पार्नुपर्ने भएको छ । सहकारी संस्थाले यो प्रारुपमा भएको सम्पूर्ण व्यवस्था पालना नगरेसम्म उक्त वित्तीय विवरणलाई नेपाल सहकारी वित्तीय प्रतिवेदन प्रारुपको पालना भएको मानिनेछैन भनि प्रतिवेन प्रारुपमै उल्लेख गरिएको छ ।
अबदेखि वित्तीय विवरणको पूर्णप्रति भित्र उक्त सहकारीको वित्तीय स्थितिको विवरण, कार्य संचालनको विवरण, संस्थाको इक्विटीमा आउने परिवर्तनको विवरण, नगद प्रवाहको विवरण, महत्वपूर्ण लेखा नीति र अन्य व्याख्यात्मक जानकारीका सारांशलाई समावेश गर्ने लेखा टिप्पणी अनिवार्य रुपमा खुलाउनुपर्नेछ ।
सहकारीको वित्तीय स्थिति विवरणमा समावेश गरिने जानकारी तथा तिनको प्रस्तुतीकरणको तरिका तय गर्नु पनि यो प्रारुपको उद्देश्य हो ।
संस्थाको स्थिति विवरणपत्रमा सम्पत्तिसँग सम्बन्धित नगद, बैंक मौज्दात, लगानी, ऋण लगानी, अन्य चालु सम्पत्ति, स्थिर सम्पत्ति र अन्य दिर्घकालिन सम्पत्तिहरुको विवरण अनिवार्य रुपमा खुलाउनुपर्नेछ। त्यस्तै दायित्वसँग सम्बन्धित शेयर, कोष, बचत, निक्षेप, पुँजीगत अनुदान, चालु दायित्व र दीर्घकालिन दायित्व लगायतका विवरणहरु खुलाउनु पर्नेछ ।
प्रतिवेदन बनाउने नयाँ विधि (पूर्णपाठसहित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार