१४ भदौ २०८३, आईतवार

राष्ट्रिय सहकारी बैंकको परीक्षाः मिडियामा सबै फेल

२०७६ कात्तिक २५, सोमबार
राष्ट्रिय सहकारी बैंकको परीक्षाः मिडियामा सबै फेल

काठमाडौंं, २५ कात्तिक

राष्ट्रिय सहकारी बैंकले खुला गरेको सहायकः प्रकाशन (मिडिया हेर्ने) पदमा एक जना पनि उर्तिण नभएपछि पुनः आवेदन माग गर्ने भएको छ । बैंकले कार्तिक २३ गते शनिवार सञ्चालन गरेको लिखित परीक्षामा एक जना पनि पास नभएपछि पुनः आवेदन गर्ने बैंकले जनाएको छ । १०० पुर्णाङकको परिक्षामा उर्तिण हुन ४० अंक ल्याउनु पर्ने थियो । प्रतिस्पर्धीमध्ये एक जनाले पनि ४० अंक नल्याएपछि पुनः आवेदन खुला गर्ने तयारी बैंकले गरेको छ ।

यद्यपी आवेदन खुला कहिले गर्ने भन्ने विषयमा कुनै निर्णय भैसकेको छैन ।

त्यस्तै कानुनतर्फ सहायक अधिकृत पदमा पनि एक जना पनि उर्तिण नभएको बैंकले जनाएको छ ।

बैंकले विभिन्न पदको लागि भदौ ५ गते आवेदन खुला गरेको थियो ।

अभिलेख

लोकप्रिय