१४ भदौ २०८३, आईतवार

एक लाखभन्दा कम लगानीमा सुरु गर्न सकिने १५ व्यवसायहरु, जसलाई सहकारीले दिनसक्न विना धितो ऋण

२०७६ कात्तिक १४, बिहिबार
एक लाखभन्दा कम लगानीमा सुरु गर्न सकिने १५ व्यवसायहरु, जसलाई सहकारीले दिनसक्न विना धितो ऋण

तपाईंले १ लाख लगानीमा पनि थुप्रै किसिमका व्यापार/व्यवसाय गर्न सक्नुहुन्छ। ठाउँ हेरेर व्यवसायको लागि फरक-फरक घर-भाडा तिर्नुपर्ने हुनसक्छ ।  तर धेरैजसो ठाउँहरुमा यी १५ व्यवसायहरु रु १ लाख भन्दा कम पैसामा सुरु गर्न सकिन्छ:

  • चटपटे, पानीपुरी, चाट आदि पाइने पसल
  • सानो घुम्तीको खुद्रा पसल
  • सिलाइ-बुनाई (उनीको धागोबाट सुइटर, मोजा, टोपी, सजावटका समान बनाउने)
  • धुप, बत्ती बनाउने
  • मकै पोलेर बेच्ने
  • रेडियो, घडी, फ्रिज, टिभी, मोबाईल, कम्प्युटर मर्मत गर्ने
  • स्टिक फुड (जस्तै ससेज, सेकुवा, तारेको मसरुम, आलु चप, समोसा आदि)
  • टपरी म:म, चाउमिन पसल
  • मैनबत्ति बनाउने
  • अचार, चाकु, मिठाई, तितौरा बनाउने
  • चिया, चना, आलु, सेलरोटि पाइने पसल
  • तरकारी, फलफूल पसल
  • कपाल काट्ने सैलुन
  • मासु काटेर बेच्ने
  • जुत्ता, चप्पल मर्मत गर्ने
    जुनसुकै व्यवसाय गर्न सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दै आएका हुन्छन् । सानो सानो रकमको लागि सहकारी संस्थाले विना धितोमै कर्जा प्रवाह गर्दछन् । आफ्ना सदस्यहरुको लागि सहकारीले ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्दछन् ।

अभिलेख

लोकप्रिय