शिखा सहकारीले दियो विद्यार्थीलाई शैक्षिक सामाग्री
दमक । झापा स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको ८ औं स्थापना दिवसको अवसर पारेर संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दमक–१० झापा स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत ९२ विद्यार्थीलाई किताब बोक्ने झोला, साना कक्षाका विद्यार्थीलाई खुत्रुके, खेलौना सामग्री, प्ले किड्स र एक थान साउण्ड सिस्टम सेट प्रदान गरेको व्यवस्थापक नविन भट्टराईले जानकारी दिए । संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, उपाध्यक्ष हिमादेवी पाण्डे, सचिव राजेन्द्र सुब्बा चेम्जोङ सहित सम्पुर्ण संचालक समिति उप –समितिहरु, कर्मचारीहरु सहितको समुहले विद्यालयमै पुगेर एक कार्यक्रम गरी आज ति सामाग्री हस्तान्तरण गरेको हो ।
अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षता र दमक १० झापा का वडाध्यक्ष बोधराज न्यौपानेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका सदस्य प्रेम कुमार कोइराला, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य कमलकुमार घिमिरे, प्रधानाध्यापक हेमराज ढकाल लगायतको आतिथ्य रहेको थियो । उपाध्यक्ष पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सुब्बाले गरेका थिए । सो अवसरमा वक्ताहरुले सहकारीले आर्थिक कारोबारसंगै सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नयनमा पुरयाएको योगदानको प्रशंसा गरे । प्रमुख अतिथि न्यौपानेले कार्यक्रममा सहकारी भनेको धनिका लागी भन्दा पनि गरिबका लागी हो यस्तो बिद्यालयलाई सहयोग गरेर शिखा साकोसले उदारणीय कार्य गरेको बतए ।
२ करोड शेयर पुँजी
२०६९ सालमा स्थापित सो सहकारी संस्थाले नयाँ व्यवस्थापनसंगै दमकको सहकारी तथा वित्तिय क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल भएको छ । हाल संस्थामा २५०० जना शेयर सदस्य , रु २ करोड रुपैयाँ शेयर पुँजी रहेको छ भने ८ करोड रुपैयाँ निक्षेप र १० करोड लगानी रहेको व्यवस्थापक नविन भट्टराईले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार