सिभिललाई दुर्घटनाबाट बचाउन सहकारी अभियानको साथ
काठमाडौं, २१ जेठ
सिभिल बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न र ठूलो दुर्घटना हुन नदिन सहकारी अभियानले साथ दिने भएको छ ।

जिल्ला सहकारी संघ, काठमाडौंले एक कार्यक्रमको आयोजना गरेर सिभिल सहकारीका बारेमा जानकारी लिएको छ । थप समस्या पर्न नदिन सहकारी अभियान एकजुट भएर अघि बढ्ने प्रतिवद्धता सहकारीकर्मीहरुले गरेका छन् ।
सिभिल सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङले सहकारीको अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठ र संस्थाका कर्मचारीको उपस्थिती रहेको थियो ।
त्यस्तै सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, बैंकका सञ्चालकहरु, जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, महासचिव खेमराज सुवेदी, काठमाडौं बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरु, ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाई, बहुउद्देश्यीय संघ काठमाडौंका अध्यक्ष मनोज थापा मगर लगायत सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित सहकारीकर्मीहरुले सिभिल सहकारीमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका थिए । समस्या समाधान हुन नसके ठूलो दुर्घटना हुने र एउटा सहकारीले गर्दा सिंगो सहकारी बदनाम हुने बताएका थिए ।
समिति गठन
सिभिल बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न र ठूलो दुर्घटना हुन नदिन समिति गठन गरिएको छ । समितिले देखिएको समस्या पत्ता लगाई समस्या समाधान गर्नेछ ।
यसका लागि जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा बचत संघ काठमाडौंका अध्यक्ष दिपक पनेरु, बहुउद्देश्यीय संघ काठमाडौंका अध्यक्ष मनोज थापा मगर, शुक्रपथ सहकारीका अध्यक्ष निरहरी उपाध्याय, जेष्ठ आइडोलोजी सहकारीका अध्यक्ष हेमबहादुर कार्की, लालीगुँरास साकोसका अध्यक्ष र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार