अन्ततः समस्यामा सिभिल सहकारी, सञ्चालकबाट उठाएर सदस्यलाई फिर्ता
काठमाडौं, २१ जेठ
काठमाडौंको सोल्टीमोडमा केन्द्रिय कार्यालय रहेको सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्या ग्रस्त देखिएको छ ।

सिभिल सहकारीले अहिले देखिएको तरलता व्यवस्थापन गर्न सञ्चालकहरुबाट प्रत्येक दिन एक करोड ५० लाख रुपैयाँ उठाईरहेको छ। यसरी एक महिना भित्रै ४५ करोड रुपैयाँ जम्मा गर्ने रणनीति उसले लिएको छ।
सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा सिभिलगु्रपका अध्यक्ष इच्छाराज तामाङले सहकारी डुब्ने अवस्थामा पुगेकाले अन्य सहकारी संस्थाहरुलाई बचत गरेर सहयोग गर्न अपिल समेत गरेका छन् ।
जिल्ला सहकारी संघ, काठमाडौंको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष तामाङले भने, ‘सहकारी ऐनमा पनि इन्टर को–अपरेटिभ बरोइङ गर्न मिल्ने व्यवस्था छ । त्यसैले तपाईहरुमध्ये इच्छुक सहकारी संस्थाहरुले हामीलाई आर्थिक रुपमा, बचत गरेर, लगानी गरेर सहयोग गरिदिनुहोस ।’
उनले सहकारीको विषयमा आएका विभिन्न समाचारका कारण संस्थाबाट सदस्यहरुले बचत झिक्लान की भन्ने तनाबमा रहेको उनले बताए । ‘अहिले हाम्रो संस्थामा रहेका सदस्यहरु आएर एकै पटक पैसा निकाल्न थाले भने तरलता अभाव हुनेछ, यसका लागि हामीले व्यवस्थापन गरिरहेका छौं’, उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार